×

NMB BANK
NIC ASIA

कोभिड त्रासदी : जागिर गुमाएपछि पिताले २८ लाख रुपैयाँमा बेचे छोरो

कात्तिक २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा एक व्यक्तिले कोभिड महामारीका कारण जागिर गुमाएपछि आफ्नो नवजात छोरो २८ लाख रुपैयाँमा एक महिलालाई बेचेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

ती मजदूर पिताका दुई छोरा पहिले नै थिए र जागिर गुमाएपछि आर्थिक संकटमा परी उनले अन्लाइनमा भेटिएकी अपरिचित व्यक्तिलाई नवजात शिशु बेचेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले छोरो नपाएकी एक महिलालाई ४० दिने शिशु बेच्नका लागि आफ्नी पत्नीलाई फकाएका थिए । 


Advertisment
Nabil box
Kumari

चीनमा शिशु बेच्ने काम अवैध छ । 

Vianet communication
Laxmi Bank

चीनको न्युज साइट आन्हुई नेटले सोमवार यस घटनाको खुलासा गरेको हो । 

त्यसमा छापिएको खबरअनुसार, शिशु किन्ने महिलाले उसलाई बोकेर ट्रेनमा जाँदै गर्दा प्रहरीको ध्यान आकर्षण भएको थियो । 

सु नामक ती महिला चीनको सिचुआन प्रान्तमा रहेको जियाङआन काउन्टीबाट आन्हुई प्रान्तमा रहेको हुओशानतिर घर जाँदै थिइन् । 
 

हेफेई शहरमा उनी ट्रेनबाट उत्रेपछि शंकास्पद व्यवहार देखाउन थालिन् अनि प्रहरीको ध्यानाकर्षण भयो । 

प्रहरीलाई उनले शुरूमा त बच्चा एडप्ट गरेको बताइन् । तर थप केरकार गर्दा उनले बालकका लागि पोषणस्याहारको पैसा तिरेको स्वीकार गरिन् । 
 

हेफेई रेलवे प्रहरीले घटनामा तत्कालै छानबिन शुरू गर्‍यो अनि शिशुका जैविक मातापितासँग सोधपुछ गर्‍यो । 

शिशुका पिता लिउ र माता झाङ आप्रवासी कामदार भएको पत्ता लाग्यो । 

सुका तीनवटी छोरी मात्र भएकाले छोराको आशा गरिरहेकी थिइन् र लिउसँग उनले शिशु किनेकी हुन् । 
 

लिउ र झाङ अनि सुलाई बालबालिका तस्करीको आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

चिनियाँ कानूनअनुसार, बालबालिका तस्करी गर्ने र बेच्ने जोकोहीलाई पाँचदेखि १० वर्षको कारावास सजाय हुन्छ । यसमा आजीवन कारावास वा मृत्युदण्डको समेत प्रावधान छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x