छोरोको बिहेका लागि पनि छुट्टी पाएनन् प्रहरी अधिकृतले, रुँदै गुमाए ज्यान

भारतको भरतपुर जिल्लामा छोरोको बिहेका लागि बिदा स्वीकृत नभएपछि स्तब्ध एक प्रहरी अधिकृतको मृत्यु भएको छ । 
 

उच्चैन चौकीका होशियार सिंहले छोरोको बिहे हुनुभन्दा १० दिनअघि बिहीवार अस्पतालमा प्राणत्याग गरेका हुन् । 


Advertisement

कार्यवाहक एसपीले कोरोनाका कारण होशियार सिंहको मृत्यु भएको बताए पनि होशियारका सहकर्मीहरूका अनुसार, उनी बुधवार राति अबेरसम्म चौकीमा ड्युटी गरिरहेका थिए । 

उनका छोराको टीकाटालो नोभेम्बर १६ मा हुनुपर्ने थियो तर शीर्ष अधिकारीहरूले बिदा स्वीकृत गर्न मानेनन् । बिहे नोभेम्बर २० मा हुनुपर्ने थियो । 


Advertisement

पारिवारिक कार्यक्रमका लागि समेत छुट्टी नपाएपछि उनी डिप्रेसनमा पुगेका थिए । 

बुधवार राति उनी चौकीमा ग्वाँ ग्वाँ रोएको बताइएको छ । त्यसपछि उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल लगियो । 

उनको रक्तचाप एकदमै बढेको पाइयो । उच्चैन अस्पतालबाट भरतपुर अस्पतालमा उनलाई रिफर गर्दा भरतपुर अस्पतालले उनलाई मृत घोषित गर्‍यो । 

मृतकका छोराले छुट्टीको समस्याका विषयमा परिवारका कुनै कुरा नभएको बताए । 

भरतपुरमा गुर्जरहरूको आन्दोलन चलिरहेकाले प्रहरीका सबै छुट्टी रद्द गरिएका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्