कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
कात्तिक २७, २०७७
सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा कृषि गतिविधि सञ्चालन गरिन लागेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. किसनलाल भट्टले बताए ।
‘पछिल्लो समय किसानले सहजरूपमा बिउबिजन उपलब्ध गर्न नसक्ने तथा आवश्यक तालिम समेत नपाउँदा कृषि क्षेत्रमा सोचे अनुरूप उपलब्धि हुन सकेको छैन । यो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउन लागेको हो,’ उनले भने ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आईबीआरडी बजारनजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया शुरू भएको छ ।
कृषि क्षेत्रमा ज्ञान अभावकै कारण भएको जमिन समेत बाँझो छाडेर बिदेशिरहेका युवालाई यस कार्यक्रमले स्वदेशमै काम गर्न प्रेरित गर्ने अपेक्षाका साथ प्रक्रिया शुरू गरिएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।
यसका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिका समेत मन्त्रालयले तयार पारिसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धानका लागि कतै ठाउँ नभएकाले यहाँ सो केन्द्र स्थापना भए कृषि अनुसन्धान पनि गरिने मन्त्रालयले जनाएको छ । केन्द्र सञ्चालन भए स्थानीयलाई रोजगारी सिर्जना हुने र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने कृषि व्यवसाय, प्रबद्र्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टीकाराम थापाले बताए ।
उनले भने, ‘केन्द्रमा बिउ उत्पादन हुने हुँदा बिउ नपाएर भौँतारिनुपर्ने बाध्यता हट्ने छ ।’ यसमा बिउ बिजन उत्पादन, कृषि अनुसन्धानका कार्यक्रम, कृषि क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि सिकाइ केन्द्र रहने छ ।’ यो क्षेत्रमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र निर्माण हुने उनले बताए ।
किसान हर्षित
मल तथा बिउ नपाएर भारतीय सीमावर्ती बजारको गुणस्तरीय बिउ छरेका किसानहरू भने कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको खबर सुनेर निकै खुसी भएका छन् ।
सरकारले ल्याएको सो योजनालाई स्थानीय कृषकले स्वागतयोग्य कुरा भनेका छन् । योजना अनुसार चाँडो कार्यान्वयनमा किसानले जोड दिएका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का किसान रुपेश खरेलले भने, ‘कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना भए यहाँका किसानलाई ठूलो फाइदा हुन्छ । अहिले भारतीय बजारबाट मल तथा बिउ ल्याएर छर्ने गरेका छौँ,’ उनले थपे, ‘तर त्यो बिउ कति गुणस्तरीय छ, हामीलाई नै थाहा हुँदैन ।’ यसले सुदूरपश्चिममा कृषिको विकास गर्नमा ठूलो मद्दत पुग्ने उनको विश्वास छ ।’
‘कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना भए यहाँको कृषि क्षेत्रले फड्को मार्छ,’ पुनर्वास नगरपालिका ६ का किसान खडक खड्काले भने, ‘प्रदेश सरकारले ल्याएको यो कार्यक्रम धेरै राम्रो हो । कार्यान्वयनमा ढिलासुस्ती गर्ने परिपाटी अन्त्य गरेर चाँडो केन्द्र स्थापना हुनुपर्छ ।’
प्रदेश सरकारको यो योजनामा स्थानीय तहको पनि समन्वय र सहकार्य रहनेछ । प्रदेशले अगाडि सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले पुनर्वास नगरपालिकालाई मात्रै फाइदा नभएर सिंगो प्रदेशलाई फाइदा पुग्ने जनप्रतिनिधिको भनाइ छ ।
यसले भएका किसानलाई सहजीकरण गर्नुका साथै बाँकी अन्य व्यक्तिलाई समेत कृषितर्फ प्रेरित गर्नमा भूमिका खेल्ने जनप्रतिनिधिको भनाइ छ ।
‘हाम्रो नगरपालिकामा हुन लागेको भने कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्रका लागि हाम्रो पूर्ण सहकार्य रहने छ, पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले भने, ‘हामीले आफ्नो क्षेत्रबाट खेल्ने भूमिका पूर्णरूपमा खेल्नेछौं ।’
‘यहाँबाट कुनै कमी हुँदैन,’ उनले थपे, ‘किसानको दैनिकीसँग जोडिएको यो केन्द्र चाँडो स्थापनामा सबैको सहकार्य हुनुपर्छ । प्रदेश सरकारले अगाडि सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिमको कृषि क्षेत्र धेरै अगाडि बढ्ने छ । यहाँका किसानलाई यसले निकै फाइदा पुग्ने छ ।’
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...