माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
कात्तिक २८, २०७७
काठमाडौं उपत्यकाबाहिरको पहिलो बुटवल–बेलहिया (सुनौली) ‘सिक्स लेन सडक’ व्यापारिक मार्ग निर्माण शुरू भएको आठ वर्ष हुँदा समेत पूरा हुन सकेको छैन ।
तीन वर्षभित्र सक्ने गरी काम थालिएको २७ किलोमिटरको यो सडक कहिले निर्माण सकिने हो अहिलेसम्म टुंगो छैन ।
यो सडकले भारतसँगको दोस्रो ठूलो नाका सुनौलीबाट पूर्व–पश्चिम राजमार्गलाई बुटवलमा जोड्छ । तीन वर्षमा सक्ने लक्ष्यसहित आर्थिक वर्ष २०६८/२०६९ बाट निर्माण थालिएको लुम्बिनी प्रदेशकै महत्त्पूर्ण आयोजना आठ वर्षसम्म पनि पूरा हुन नसकेको हो । सडकको अझै ८ प्रतिशत काम बाँकी छ । समयमै काम पूरा नहुँदा निर्माण सकिएको क्षेत्रमा पनि सडकको सौन्दर्य बिग्रिँदै गएको छ ।
प्रदेशकै आर्थिक ढोकाको रूपमा हेरिएको महत्त्वपूर्ण आयोजना पूरा नहुँदा निजी क्षेत्र रुष्ट छ । बुटवल–बेलहिया आयोजना प्रमुख जयलाल मरासिनीले ९२ प्रतिशत काम भएको जानकारी दिए । मरासिनीले आयोजना चालू आर्थिक वर्षभित्रै सडक निर्माण कार्य सकिने दाबी गरे ।
करीब ५ अर्ब ९२ करोड लागतमा निर्माणाधीन बेलहिया–बुटवल सडकखण्डको हालसम्म करीब २५ किमी सडक निर्माण कार्य पूरा भएको छ । ३.७५ किमी सडक निर्माणाधीन अवस्थामा छ । बुटवलको राजमार्ग चौराहादेखि, भैरहवासम्म सम्पन्न भएको छ भने बुटवल बजार क्षेत्र (चौराहा गोलपार्क) सम्मको सडक विस्तारको काम अगाडि बढ्न सकेको छैन । बेलहिया नाकादेखि बाइपाससम्म करीब ७५० मिटर सडकखण्ड पनि अलपत्र छ ।
मरासिनीले लोकान्तरसँग भने, ‘बुटवल बजार क्षेत्रको सडकको मुद्दा अदालतमा पुगेकोले हामीले फैसला वा आदेश कुरेका छौं । अन्य क्षेत्रको बाँकी काम तिहार छठपछि तीब्रताका साथ अगाडि बढ्छ ।’
मर्मतमै सकियो साढे तीन करोड
सडक निर्माण पूरा नहुँदै मर्मतका लागि ३ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । बनिसकेको सडक क्षेत्रका ठाउँ–ठाउँमा सडक बिग्रिँदा तीन वर्षमा ३ करोड ३० लाख खर्च भएको आयोजनाका इञ्जिनीयर शुभेच्छा सारुले जानकारी दिइन् ।
‘अहिले पनि मर्मतको काम भइरहेको छ । ओभरलोड र जमिनको वाटर लेबले गर्दा सडक बिग्रिएको हाम्रो प्रारम्भिक निष्कर्ष छ । यसको विस्तृत अध्ययनका लागि विभागलाई पत्राचार गरिएको छ,’ सारुले लोकान्तरसँग भनिन् ।
बेलहियादेखि भैरहवासम्म धेरै ठाउँमा सडक बिग्रिएको छ । भारतबाट सडकको क्षमताभन्दा बढी भारका गाडी भित्रिँदा सडक कतै भासिने कतै उबडखाबड भएको छ । काम गर्न बाँकी क्षेत्रमा निर्माण कम्पनीलाई तिहारपछाडि तीव्र रूपमा काम अगाडि बढाउने निर्देशन दिएको मरासिनीले बताए ।
२७ किमी सडक ११ भागमा ठेक्का
सडक निर्माण शुरू हुँदा यो सडक ३ वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तर, पछाडि यसलाई बढाउँदै लगेर ११ भागमा ठेक्का लगाइयो । यी विभिन्न समयमा लगाइएका ठेक्का हुन् ।
भैरहवा दरखसवादेखि बुद्धचोकसम्म २.६ किमी, बेलहिया बाइपासदेखि डण्डा पुल सम्म ७ सय ५० मिटर, तिलोत्तमा जानकीनगरदेखि बुटवल चौराहासम्म ३ किमी, डण्डा पुलदेखि दरखसवा र बुद्धचोकदेखि अञ्चलपुरसम्म २.१ किमि, मणीग्रामदेखि जानकीनगरसम्म ३ किमी, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.५ किलोमिटरमा भाग लगाइयो ।
मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्म ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम इण्डिया लिमिटेड (टीसीआईएल) ले एक अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेपनि सामान्य मर्मतका बाँकी रहेको आयोजनाकी इञ्जिनीयर शुभेच्छा सारुले बताइन् ।
‘हामीले काममा ढिलाई गर्ने ठेकेदारहरूसँग पटकपटक ताकेता गर्दै आएका छौं, अबको ६ महिनामा देखिने गरी काम हुन्छ, यदि काम सकिएन भने टेण्डर तोडेर अर्कोबाट काम गराउनेछौँ,’ मरासिनीले भने ।
सडकमा गुणस्तरमाथि प्रश्न
बुटवल–बेलहिया सडक निर्माणको गुणस्तरमाथि पटकपटक प्रश्न चिह्न उठ्दै आएको छ । निर्माण सम्पन्न नहुँदै भैरहवाको आँखा अस्पताल अगाडि सडक भत्किएपछि हालै मात्र भत्किएको स्थानमा पुनः पिच गरिएको छ ।
त्यसैगरी सडकको सर्भिस लेन सडक पनि गुणस्तरीय नभएको गुनासो छ । तर आयोजना भने सर्वसाधारणको लापरवाहीका कारण सर्भिस लेन सडक कमजोर बनेको दाबी गर्दछ ।
‘सर्भिस लेन सडकको डिजाइननै फरक हो । त्यसको पिच पनि फरक हो तर सर्वसाधारणहरूले त्यही सडकमा ठूल्ठूला गाडी पार्किङ गरिदिने, डिजेल– पेट्रोलका गाडीहरू राखिदिने, सिमेन्ट–छड बोकेका गाडीहरू हिँडाइदिने आदि कारण सर्भिसलेन सडक भत्किएको हो,’ आयोजनाको दाबी छ ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...