×

NMB BANK
NIC ASIA

तिहार कसरी मनाउँदैछन् चलचित्रका चर्चित अनुहार ?

कात्तिक ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई दाजुबहिनी, दिदीभाइबीच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा लिइन्छ । 

Sagarmatha Cement
Muktinath Bank

खास गरेर भाइटीकाको समयमा दिदीबहिनीबाट दाजुभाइले पाउने आशिर्वादलाई निकै महत्त्वका साथ लिइन्छ । तिहारमा दिदीबहिनी जसरी पनि दाजुभाइलाई भेट्न पुग्छन् वा दिदीबहिनी भेट्न दाजुभाइ पुग्छन् ।
 
नेपाली कलाकारले पनि तिहारलाई महत्त्वका साथ मनाउँछन् । पछिल्लो पुस्ताका सबैभन्दा सफल अभिनेता अनमोल केसीका सहोदरा दिदीबहिनी छैनन् तर उनको निधार कहिल्यै खाली हुँदैन । किनभने उनका बुवा भुवनले अनमोलकी आमा ल्याउनुअघि बिहे गरेका थिए विजया केसीसँग । उनीबाट जन्मिएकी छोरी काजलबाट अनमोलले सधै टीका लगाउँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काजल सम्भव भएसम्म अमेरिकाबाट नेपाल आउने गरेकी छन् । २ आमा भए पनि कहिल्यै अर्की आमाको छोरी भन्ने भाव उत्पन्न नभएको अनमोल बताउँछन् ।


Advertisment
Nabil box
Kumari

म्युजिक भिडियोमा चर्चित अभिनेता हुन् पुष्प खड्का । उनी शनिवार लक्ष्मी पूजाको दिन धनगढीमा थिए गीतको छायांकनका लागि । उनी काठमाडौं आएपछि बहिनीको हातबाट टीका लगाउनेछन् । ‘यो पर्व मलाई असाध्यै धेरै मन पर्छ,’ उनले भने, ‘म्युजिक भिडियोको छायांकन र चलचित्रको वर्कशपमा व्यस्त छु । अब तिहारलगत्तै चलचित्रको छायांकन हुने भएकाले पारिश्रमिक बुझेका सबै म्युजिक भिडियोको काम सकाउने योजनामा छु ।’ तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउनुका साथै आशिर्वाद लिन पाउँदा निकै खुशी लाग्ने पुष्प बताउँछन् ।

Vianet communication
Laxmi Bank

डेब्यु चलचित्र ‘ए मेरो हजुर ३’ बाट एकाएक ‘हिट’ भएकी अभिनेत्री सुहाना थापाले टीका लगाइदिने दाजुभाइ छैनन् । निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाकी एक्लो छोरी सुहानाले आफ्नो काकाका छोराहरू प्रनिमेस र अभिनव थापालाई टीका लगाइदिने गरेकी छन् । हिन्दू संस्कृतिमा निकै विश्वास गर्ने सुहाना श्रीकृष्ण भगवान्की भक्त हुन् । सुहानाले तिहारमा सबैभन्दा मन पर्ने कुरा भिलिमिली रहेको बताइन् ।

उनले थपिन्, ‘आफ्नै दाजुभाइ नभएर मलाई कुनै नराम्रो अनुभव हुँदैन । आफ्नो काकाको छोराहरू हुनुहुन्छ । असाध्यै माया गर्ने आफ्नै भाइजस्तै दाजुभाइ हुनुहुन्छ । उहाँलाई नै सधै टीका लगाइदिने गरेकी छु ।’

आयुष्मान देशराज जोशीका दिदीबहिनी छैनन् । उनी सँगसँगै हुर्किएका भाइ आशिरमान देशराज र आयुष्मानले आफ्नै दिदीबहिनी नभए पनि नजिकका आफ्ना आफन्तमा रहेका दिदीबहिनीसँग टीका लगाउने गरेका छन् । आयुष्मानलाई तिहार निकै मन पर्छ । भैलो, साथीभाइसँगको जमघट उनलाई खुबै मन पर्छ ।

‘जेरी’ चलचित्रकी ‘हिट’ अभिनेत्री आना शर्माले भाइटीकाको अवसरमा टीका लगाइदिने कोही दाजुभाइ छैनन् । आनाका २ दिदीबहिनी छन्, सोही कारण उनलाई दाजुभाइ नहुनुको महसूस कहिल्यै भएन । उनलाई तिहार निकै मन पर्छ । दिदीबहिनीसँग रमाइलो गरेर तिहार मनाउने आनाले दिदीबहिनीले एकअर्कालाई टीका लगाएर भाइटीका मनाउने गरेको सुनाइन् ।

अभिनेत्री वर्षा सिवाकोटी दशैं मनाएको भोलिपल्टै अमेरिका उडिन् । यसपटकको तिहार उनले अमेरिकामै बनाउँदै छिन् । ‘सधै काम–काम भइरहेको थियो,’ उनले भनिन्, ‘घुमघामका लागि अमेरिका आएकी हुँ । यतै नजिकका दाजुभाइ पर्नेलाई यस पटकको तिहारको टीका लगाइदिने योजना छ ।’ वर्षाले तिहारको १ महिना भित्रमा नेपाल आउने योजनामा छिन् । 

उनी अमेरिकाबाट तुरुन्तै किन पनि आउनुपर्नेछ भने उनी अभिनित चलचित्र ‘पराई २’को छायांकन गर्नुछ । उनले थपिन्, ‘त्यो चलचित्रसँगै अरु केही प्रोजेक्टको कुरा पनि भएकाले तिहारलगत्तै आउँछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x