×

NMB BANK
NIC ASIA

लोकान्तर खोज

निर्माण क्षेत्रमा 'बदनाम' पप्पुको नयाँ रणनीति : नेतृत्व फेरेर साझेदारलाई अगाडि सार्दै !

मंसिर ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पप्पु कन्स्ट्रक्सन कम्पनीले विभिन्न पुल निर्माण गर्ने सम्झौता गर्ने तर निर्धारित समयमा काम सम्पन्न नगर्ने गरेका कारण  २ नम्बर प्रदेशका धेरै पुलहरू ९ वर्षदेखि अलपत्र परेका छन् ।

Muktinath Bank

अर्को निर्माण कम्पनीसँग साझेदारी गरेर राज्यसँग ठेक्का सम्झौता गर्ने, ठेक्का हात परेपछि पेस्की रकमसहित विभिन्न किस्तामा भुक्तानी समेत हात पार्ने गरेको पप्पुले निर्माण काम भने सम्पन्न गर्न सकेको छैन । एकातर्फ राज्यले ड्रबिङ तथा डिजाइन समयमा ठेक्का लिने कम्पनीलाई उपलब्ध गराउने गरेको छैन भने अर्कोतर्फ त्यसैको लाभ उठाएर पप्पुले निर्माण काम अलपत्र छाड्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न किस्तामा भुक्तानी समेत लिने तर काम नगर्ने पप्पुसहित उसका साझेदार कम्पनीहरूलाई ब्ल्याक लिस्टमा पारेर ठेक्का सम्झौता रद्द गर्ने तयारी राज्यले गरेका बेला पप्पुले आफ्ना साझेदारलाई अगाडि सारेको छ ।


Advertisment
Nabil box
Kumari

साझेदार कम्पनीको व्यवस्थापकीय नेतृत्व फेरेर कालो सूचीमा पर्नबाट आफू र आफ्नो साझेदारलाई पप्पुले जोगाएर म्याद थप गराउने गरेका छन । तर, थपिएको अन्तिम पटकको म्यादमा समेत पुल निर्माणको काम सम्पन्न भने हुन सकेको छैन ।   

Vianet communication
Laxmi Bank

महोत्तरीको लोहारपट्टी नगरपालिका र बलवा नगरपालिकाको बीचमा पर्ने रातो खोला माथिको पुल विगत ६ वर्षदेखि निर्माण हुन सकेको छैन । संघीय सरकार अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक डिभिजन कार्यालय जनकपुरमार्फत निर्माण भइरहेको उक्त पुल निर्माण हुन नसक्दा सडकमा आवागमन गर्ने यात्रुहरूलाई सास्ती भोग्नु परेको छ । 

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सासहितको सडक सञ्जालमा जोडिएको उक्त पुल निर्माण नहुँदा प्रत्येक दिन हजारौं मानिस प्रभावित हुने गरेको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादव बताउँछन् । ‘यो सडक चल्तीको सडक हो, हजारौं मानिसहरू प्रत्येक दिन आवागमन गर्छन्,’ प्रमुख यादवले लोकान्तरसँग भने, ‘धनुषाको जनकपुरदेखि कुर्था, महोत्तरीको रामगोपालपुर, सम्सी हुँदै सर्लाहीको मलंगवा जोड्ने छोटो दूरीको सडक भएका कारण हजारौं होइन, लाखौं मानिसहरू आवागमन गर्छन्, तर पुल नबन्दा यात्रुहरूलाई सास्ती भोग्नु परेको छ ।’

वर्षाको मौसममा त वारि देखि पारि समेत हुन नपाउँदा खास गरेर त्यस क्षेत्रका किसानहरू आफ्नो खेतसम्म पनि जान पाउँदैनन् । बाध्य भएर वैकल्पिक मार्गको प्रयोग गर्नुपर्दा ५० किलोमिटरसम्म टाढाको बाटो रोज्न बाध्य हुने गरेको उनले बताए । 

सडक डिभिजन कार्यालय जनकपुरले उक्त पुल निर्माण गर्नका लागि आर्थिक वर्ष २०७०/७१ मा नै ठेक्का लगाएको थियो । १४ करोड ६४ लाख ७४ हजार ६४७ रुपैयाँको लागतमा पुल निर्माण गर्नका लागि पप्पु/दिवा जेभीले ठेक्का पाएको थियो । २०७१ असार ३१ गते सम्झौता गरिएको थियो । साढे दुई वर्षभित्र २०७३ पुस २९ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरिएको थियो तर, पटक–पटक म्याद थप गराएको उक्त निर्माण कम्पनीले हालसम्म पुल निर्माणको काम सम्पन्न गरेको छैन । 

सडक डिभिजन कार्यालय जनकपुरका इञ्जिनीयर दुर्गाप्रसादका अनुसार कार्यालयलाई जानकारी नै नदिएर पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिले दुईवटा वेल क्याप बनाएर ढलान गर्ने काम गरेका थिए । ‘कार्यालयले उक्त वेल क्यापको गुणस्तरको प्रयोगशालामा परीक्षण गर्दा फेल भएको थियो,’ इञ्जिनीयर प्रसादले लोकान्तरसँग भने, ‘त्यसपछि उक्त वेल क्याप भत्काउन निर्देशन दिइएको थियो ।’ 

काम रोकेर वेल क्याप सहितको पिलर भत्काउन निर्देशन दिँदा पनि उक्त क्याप भत्काएर नयाँ बनाउनुको साटो पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि सुमित रौनियारले अटेरी गरेपछि कारवाही समेत गरिएको थियो । तत्कालीन सडक डिभिजन प्रमुख कुवेर नेपालीले पटक–पटक नेपाल बंगलादेश बैंकलाई अग्रिम भुक्तानी जमानतको रकम २ करोड ६० लाख २४ हजार ७०० रुपैयाँ २०७६ जेठ ८ गते कारवाही स्वरूप फिर्ता लिएको थियो । 

त्यसपछि उक्त कम्पनीलाई ब्ल्याक लिस्टमा राखेर ठेक्का सम्झौता रद्द गर्ने प्रयास भएपछि उक्त कम्पनीका अर्का साझेदार दिवा कम्पनीका प्रतिनिधि उत्तम बस्नेतले काम गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ठेक्का रद्द नगरिएको इञ्जीनियर प्रसादले बताए ।

‘पहिलेकै ठेक्का रकममा, थप आर्थिक भार नव्यहोर्ने गरी उक्त दुईवटा वेल क्याप भत्काएर नयाँ पुल निर्माण गर्ने भनेर प्रतिबद्धता व्यक्त गरेका कारण सम्झौतालाई रद्द गरिएन,’ उनले भने, ‘पहिले कट्टा गरिएको पेश्की रकमबाहेक हालसम्म कुल ३ करोड ९४ लाख ८१ हजार १४७ रुपैयाँ ठेक्का कम्पनीका दोस्रो पक्ष दिवालाई भुक्तानी गरिसकिएको छ ।’ 

दोस्रो पक्षलाई थप गरिएको अन्तिम पटकको म्याद पनि सकिन लागेको छ । २०७७ पुस २७ गतेसम्म अन्तिम पटकका लागि म्याद थप गरिएको भएपनि निर्माणको काम त के पहिलेकै भत्काउनु पर्ने दुई वटा वेल क्यापको पिलरमध्ये एउटा पिलर भत्काइएको छैन ।

एउटा पिलर भत्काए पनि अर्को पिलर भत्काउन लाग्दा खोलामा पानी भएका कारण भत्काउन नसकेको इञ्जिनीयर प्रसादले बताए । उनका अनुसार अहिलेसम्म कुल ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । ५०/५० मिटरको चारवटा स्प्यान सहित २ सय मिटर लामो पुल निर्माण गर्नुपर्ने सम्झौता भएकोमा हालसम्म दाहिने र देब्रेपट्टिको पिलर मात्र उठाइएको उनले बताए । कुल ५ वटा पिलर सहितको उक्त पुल निर्माण गर्नका लागि बाँकी पिलर बनाउनुका साथै सुपर स्ट्रक्चर तथा छत सहितको ढलान लगायतको काम बाँकी नै छ । 

कस्तो पुल बनाउने भनेर सडक कार्यालयले हालसम्म डिजाइन नै उपलब्ध नगराएका कारण कामले गति नपाएको ठेक्का सम्झौता गरेका दिवा कम्पनीका प्रतिनिधि उत्तम बस्नेतले बताए । कोरोना महामारीका कारण काम अवरुद्ध भएको तथा कस्तो पुल बनाउने डिजाइन नै नदिएका कारण काममा ढिलाइ भएको उनी बताउँछन् । 

‘शुरूमा सम्झौता गर्दा नयाँ प्रविधि सहितको बोक्स टाइपको पुल बनाउने भनेर डिजाइन दिइएको थियो,’ बस्नेतले भने, ‘उक्त डिजाइनपछि सडक डिभिजन कार्यालयले नै रद्द गरेर अर्को डिजाइन अनुसार बनाउनु पर्ने भनेर सम्झौता गरेर काम शुरू गर्न कार्यादेश दिएपनि हालसम्म नयाँ डिजाइन नै दिएको छैन ।’ 

डिजाइन उपलब्ध गराउन नसकिएको तथा कार्यालयकातर्फ बाट पनि गल्ती भएको इञ्जिनीयर प्रसादले स्वीकार गरे । ‘तर, डिजाइन तयार भइसकेको छ, विभागबाट अन्तिम स्वीकृति हुन मात्र बाँकी छ, त्यो पनि केही दिनभित्रमा स्वीकृत हुन्छ’ प्रसादले भने ।        

कमला पुल पनि ९ वर्षदेखि अलपत्र 

सिरहा, धनुषा जोड्ने कमला पुल पनि पप्पु कन्स्ट्रक्सनले निर्धारित समयमा सम्पन्न नगरेपछि उसको साझेदार कन्स्ट्रक्सनले कामलाई अगाडि बढाएको छ । संघ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले २४ करोड ९० लाख ९७ हजार २०० रुपैयाँमा ४६९.२० मिटर लामो पुल निर्माण गर्नका लागि पप्पु लुम्बिनी जेभीसँग सम्झौता गरेको थियो ।

२०६८ जेठ ३१ गते गरिएको उक्त सम्झौताअनुसार ३ वर्षभित्र २०७१ मंसिर ३० गते सम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । तर, सम्झौता गरिएको ९ वर्ष बितिसक्दा समेत पुल निर्माणको काम भने सम्पन्न हुन सकेको छैन । पुल निर्माण नहुँदा मानिसहरू अस्थायी काठको डुंगा चढेर कमला नदी तर्न बाध्य छन् । उक्त डुंगामा भाडा दिएर मानिसहरूले आवतजावत गरिरहेका छन् ।

विभिन्न मितिमा गरेर हालसम्म कुल ९ किस्तामा उक्त कम्पनीलाई मूल्यवृद्धिको प्राइस एस्केलेसनसहित कुल १७ करोड ८८ लाख ३२ हजार ७६ रुपैयाँ भुक्तानी गरिसकिएको छ । 

निर्देशनालयका सूचना अधिकारी बेचनकुमार भण्डारीका अनुसार पुल डिजाइनको ड्रबिङको स्वीकृतिमा ढिलाइ भएको, स्थानीय स्तरमा अवरोध सिर्जना भएका कारण साइटमा निर्माण सामग्री खसाल्न नसकिएको तथा वर्षातको मौसम शुरू भएका कारण निर्माणको काम सम्पन्न नभएका कारण २०७४  असार ३० गतेसम्म सम्पन्न गर्नुपर्ने भन्दै पहिलोपटक १ वर्षको म्याद थप गरिएको थियो ।

बाढी, बन्द, हडताल, इन्धन अभाव, जग्गा विवाद, तथा ड्रबिङ अप्रुभल समयमा नभएका कारण फेरि दोस्रोपटक २०७५ मंसिर ३० गते डेढ वर्षका लागि म्याद थप गरिएको थियो । 

सार्वजनिक खरिद नियमावली, २०६४ को नवौं संशोधनको प्रावधान अनुसार ठेक्का रद्द गर्नुको साटो अन्तिमपटकका लागि २०७७ पुस १३ सम्म तेस्रोपटक म्याद थप गरिएको उक्त योजना कार्यालयका प्रमुख राजेश दास बताउँछन् ।

‘आयोजकलाई म्याद थपको कारणबाट कुनै थप आर्थिक भार नपर्ने गरी म्याद थप स्वीकृत गरिएको हो,’ दासले भने, ‘ठेक्का कम्पनीलाई ब्ल्याक लिस्टेड गर्दै सम्झौता रद्द गरेर अर्को ठेक्का आह्वान गर्दा पुलको लागत बढ्न जाने हुनाले ठेक्का रद्द गरिएन ।’

२०७६ भदौ १२ गते उक्त पुल निर्माणको कामको व्यवस्थापक परिवर्तन गरिएको थियो । पप्पु कन्स्ट्रक्सन तथा लुम्बिनी बिल्डर्सबीच सम्झौता भएकोमा पप्पुको व्यवस्थापकीय नेतृत्वमा समयमा पुल निर्माण नभएका कारण उसको साझेदार समेत रहेको दोस्रो पक्ष लुम्बिनी बिल्डर्सको नेतृत्वले पुल निर्माण गर्ने भनेर सम्झौता गरिएको छ । दासका अनुसार कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको भन्दै हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति देखाइएको छ ।

‘३९.१ मिटरको प्रतिस्प्यान गरेर कुल १२ वटा स्प्यान लगाउनुपर्नेमा ६ वटा स्प्यान निर्माणको काम सम्पन्न भएको छ,’ दासले भने, ‘अर्को ३ वटा स्प्यान ढलानका लागि तयार भइरहेको छ भने बाँकी ३ वटा स्प्यानको कार्य भने गर्न बाँकी नै छ ।’ 

बलान पुलको पनि उस्तै हाल ८

पप्पुले सम्झौता गरेको बलान पुलको निर्माण कार्य पनि पटक–पटक थपिएको म्यादभित्रमा समेत सम्पन्न हुन सकेको छैन । २४ करोड ६२ लाख ८३  हजार ४०९ रुपैयाँमा ४६९.२० मिटर लामो पुल निर्माण गर्नका लागि शर्मा र पप्पु जेभी कम्पनीले २०६८ फागुन १५ गते नै सम्झौता गरेको थियो । ४ वर्षभित्र २०७२ भदौ १५ गतेसम्ममा काम सम्पन्न गर्ने सम्झौता गरेको भएपनि ९ वर्षमा समेत काम सम्पन्न भएको छैन । 

विभिन्न ९ किस्तामा ती कम्पनीले कुल २२ करोड १ लाख ५६ हजार ९४८ रुपैयाँ भुक्तानी भने पाइसकेका छन् । यो पुल निर्माण गर्ने कामको नेतृत्व शुरूदेखि पप्पुले नै गर्दै आएको भएपनि २०७५ माघ १३ गते पुलको बाँकी काम शर्मा एण्ड कम्पनीले गर्ने सम्झौता गरिएको थियो ।

योजना कार्यालय प्रमुख दासका अनुसार बलान पुल निर्माणको काममा हालसम्म ७६ प्रतिशत भौतिक प्रगति भएको छ । ३९.१ मिटर लामो प्रतिस्प्यान गरेर कुल १२ वटा स्प्यान निर्माण गर्नुपर्नेमा ९ वटा स्प्यान निर्माण भइसकेको, २ वटा स्प्यान ढलानका लागि तयारी अवस्थामा रहेको तथा एउटा स्प्यानको काम पूर्ण रूपमा बाँकी रहेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x