नेपाल बैंकको १९२औं शाखा दाङ्गको लमहीमा

 नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखाको कार्तिक ३० गते आईतवार लक्ष्मीपूजाका दिन उद्घाटन गरिएको छ ।

लमही नगरपालिकाका प्रमुख श्री कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गर्नु भयो । 


Advertisement

यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्