×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटमा सुत्केरी हुन नसकेका कारण कैयन आमाले ज्यान गुमाएका समाचार बारम्बार मिडियामा आइराख्छन् ।

Sagarmatha Cement
Muktinath Bank

आधारभूत स्वास्थ्य सेवामा समेत सबैको पहुँच पुग्न सकेको छैन । यस्तो अवस्थाका बीच जिल्ला अस्पताल कालीकोट भने तंग्रिन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अस्पताल कालीकोट प्रदेश सरकार मातहत आएपछि नयाँ सेवाहरू सुचारू भएको छ । दैलेख, अछाम र कालीकोटका अधिकांश सेवाग्राहीले अस्पतालबाट सेवा लिँदै आएका छन् । जिल्ला अस्पतालमा संघीय सरकारले ७० बेड राख्न मिल्ने भवन निर्माण गरिरहेको छ । यसको लागत २८ करोड रहेको छ ।


Advertisment
Nabil box
Kumari

अस्पतालले डेन्टल सुविधा थप गरेको छ । अस्पतालमा एक्सरे मेसिन, भेन्टिलेटर थप गरिएको छ भने अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी भएको छ । अस्पतालले फिजियोथेरापी सुविधा यही वर्षदेखि सञ्चालनमा ल्याएको छ ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ मा एक करोड बजेट अस्पताललाई दिएको थियो । उक्त बजेटबाट अस्पतालमा पचास लाखको भवन निर्माण भएको छ भने बाँकी पचास लाखबाट हाडजोर्नीको अप्रेसन भइरहेको समयमा एक्सरे गर्दै हेर्न मिल्ने सीएम मेसिन पनि खरिद गरिएको छ ।

कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल खोल्ने संघीय सरकारको अवधारणा अनुसार कालीकोटमा उक्त अस्पताल स्थापना गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्मप्रसाद पोखरेका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा तीन करोड ५५ लाख ६० हजार खर्च गर्ने अख्तियारी आएकोमा अस्पतालले तीन करोड ३० लाख ४७ हजार ८६७ रुपैंया खर्च गरेको छ ।

खर्च व्यवस्थापनमा चुनौती, दरबन्दीअनुसार छैनन् कर्मचारी

उनका अनुसार २ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको अस्पतालमा जम्मा ४७ जनाको दरबन्दी रहेको छ । उक्त दरबन्दीमध्ये १४ जना अर्थात् एक जना मेडिकल अधिकृत, एक जना लेखा अधिकृत, दुई जना हेल्थ अधिकृत, एक स्टाफ नर्स, कविराज एक, अनमी तीन, अहेव एक, कालुचेन अधिकृत एक र कार्यालय सहयोगी दुई जनामात्रै कार्यरत रहेका छन् । 

प्रदेश सरकारले विशेषज्ञ सेवा भनेर बजेट पनि दिइरहेको छ । सोही बजेटबाट एक सय १३ जना कर्मचारी राखिएको छ । ‘यसमध्ये सामुदायिक नर्सिङबाट २६ र विशेषज्ञ सेवाबाट १० जना कर्मचारी राखेका छौं,’ उनले भने, अन्यलाई हामीले यतै व्यवस्थापन गरेका छौं ।’

गत वर्ष मासिक रूपमा तलब सुविधाका लागि १८ लाख खर्च हुने गरेको थियो भने यो वर्ष बजेट अभावका कारण मासिक नौ लाख रुपैंया भुक्तानी गर्दै आएका छौं । 

उनका अनुसार अस्पतालमा कोभिड १९ विशेष अस्पताललाई आवश्यक जनशक्ति अभाव भएको, अस्पताल सञ्चालनका लागि बजेटको अपर्याप्तता, अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाख आवश्यक पर्नेमा ४० लाख मात्रै आएको, जोखिम भत्ता अपुग, चारपांग्रे सवारी साधनको अभाव, इन्धन (जेनेरेटर र सवारी इन्धनको व्यवस्था नभएको, दश किलोवाट क्षमता भएको सोलार प्लान्ट आवश्यक रहेको छ ।

कर्णाली सुत्केरी पोषण कोशेलीका लागि गत वर्ष बजेट अभाव भएका कारण वितरण गर्न नसकिएको उनको भनाइ छ । आर्थिक वर्ष २०७६ र ०७७ मा कालीकोटमा ३२ सय महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । 

त्यसका लागि ६४ लाख बजेट आउनुपर्ने भएपनि जम्मा ३२ लाख बजेट आएको थियो । यो वर्ष यो शिर्षकमा जम्मा ४५ लाख बजेट आएको छ ।

उनले भने, ‘यो वर्ष पनि बजेट कम हुने भएको छ । स्वास्थ्य संस्थामा सुत्केरी भएको खण्डमा प्रति महिला दुई हजारका दरले हामीले भत्ता वितरण गर्ने गरेका छौं ।’

उनले अस्पतालमा दुईवटा एम्बुलेन्सले सेवा दिइरहेको जानकारी दिए । 

कालीकोटमा एक जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र, २८ वटा स्वास्थ्य चौकी, ८ वटा सामुदायिक स्वास्थ्य इकाइ, ४७ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ओदा फाउन्डेसनले सञ्चालन गरेको एक सामुदायिक अस्पताल सञ्चालनमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x