×

NMB BANK
NIC ASIA

अन्य व्यक्ति पनि सांगठनिक पेट्रोल चोरीमा संलग्न हुन सक्ने आशंका, अनुसन्धान गरिदिन पत्र

मंसिर ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 पेट्रोल ढुवानी गर्ने ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गरेको फेला परेपछि आयल निगमले थप अनुसन्धान गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुरोध गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

निगमले सीआईबीलाई पत्र पठाउँदै अन्य व्यक्ति पनि सांगठनिक चोरीमा संलग्न हुन सक्ने जनाएको छ । त्यसबारे अनुसन्धान र कारबाही गरिदिन निगमको अनुरोध छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्वीकृत मापदण्डबाहेकको फिटिङ्स जडान (फल्स चेम्बर) बनाई इन्धन चोरी गरेको तथ्य फेला परेको हुनाले चोरीमा अन्य व्यक्ति संगठित अपराधमा संलग्न हुन सक्ने सम्भावना देखिन्छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ गरी नेपाल प्रहरी, प्रधान कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘थप अनुसन्धान गरी दोषीउपर आवश्यक कारबाही प्रक्रिया अघि बढाइदिनुहुन सादर अनुरोध गर्दछु ।’ निगमले काठमाडौं–बरौनी रुटमा चल्ने वीरबेताल आशीर्वाद ढुवानी सेवाका ट्यांकर नम्बर ना७ख ३६९६ र ना७ख २९९५ मा फल्स चेम्बर बनाएको फेला पारेको थियो ।


Advertisment
Nabil box
Kumari

ट्यांकरको चेम्बर नम्बर ३ र ४ को बीच भागमा स्वीकृत मापदण्डबाहेकको फिटिङ्स जडान (फल्स चेम्बर) बनाई चोरी गरेको तथ्य फेला परेको थियो ।

Vianet communication
Laxmi Bank

२०/२० हजार लिटर क्षमताका दुई ट्यांकरबाट एक महिनामा करिब ८ हजार लिटर चोरी भएको निगमको आशंका छ । पत्रमा निगमले १५ लाख रुपैयाँसम्म हर्जना तिराउने जनाएको छ । स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार कारबाही प्रक्रिया बढाउन गुणस्तर तथा नापतौल विभागलाई पनि पत्र पठाइएको छ । ऐनअनुुसार कैफियत देखिए चोरीमा संलग्न व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x