चलचित्र ‘डिसेम्बर फल्स’ घोषणा

आर्यन सिग्देलको मुख्य भुमिका रहने गरी चलचित्र ‘डिसेम्बर फल्स’ घोषणा गरिएको छ ।

चलचित्रको आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच घोषणा गरिएको हो । चलचित्रको बजेट २ करोड हाराहारी हुने जनाइएको छ ।


Advertisement

रामप्रसाद रिजाल र राजकुमार भट्टको लगानीमा निर्माण हुने चलचित्रलाई प्रविन झाले निर्देशन गर्ने भएका छन् । चलचित्रमा लक्ष्मण रिजाल भने एक्जुकेटिभ प्रोड्युसरको रुपमा रहने भएका छन् । उनले यसअघि धेरै चलचित्रको निर्देशन गरिसकेका छन् ।

केदार भुषालको स्क्रिनप्ले र डाइलग रहेको चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल लगायतका कलाकारको अभिनय रहने घोषणा सभामा जानकारी गराइयो ।


Advertisement

माघमा छायांकनमा जाने यो चलचित्र अर्को बर्षको साउनमा प्रदर्शन हुने निर्माण पक्षको योजना छ । घोषणा सभामा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।

चलचित्रका उमेरअन्तर प्रेमलाई प्रेमिल रुपमा देखाइनेछ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्