१९७४ एडी र चेन्स्मोकर्सको सहकार्यमा नयाँ गीत सार्वजनिक [भिडियोसहित]

१९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाई” सार्वजनिक गरेका छन् । 

सो गीतमा विश्वव्यापी लोकप्रिय 'द चेन्स्मोकर्स्’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ ।


Advertisement

विश्वव्यापी प्रचलित कलाकार जोडी 'द चेन्स्मोकर्स’ सँग नेपालको लोक प्रिय फोल्क् रक व्याण्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दे संगीतप्रेमीहरुलाई यस टुर्बोर्ग ओपनको
अभियानतर्फ प्रोत्साहित गर्दैछन् ।

उक्त नयाँ ट्रयाकमा १९७४ एडीको अद्वितीय अवाजलाई चेन्स्मोकर्सको गीत “होप” को संगीतसँग मिलाइएको छ जुन हालसम्म १ अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको 'सिकबोई’
एल्बमबाट रहेको छ ।


Advertisement

१९७४ एडी भन्छन्, “यो सहकार्यको लागी काम गर्नु हाम्रो लागी निकै रमाईलो अनुभव भयो । महामारी र विशेष परिस्थितीको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम गर्‍यौ । यो अनुभव एकै साथमा रमाईलो र चुनौतीपूर्ण थियो । यस गीतमा सकरात्मकता र एकताको सन्देश निकै रमाईलो शैलीमा पेश गरिएको छ । हाम्रो दर्शकहरुले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौ ।”

द चेनस्मोकर्स्का एलेक्स् पालले १९७४ एडीसँगको सहकार्य बारे भने, “त्यस क्षेत्रको निकै सफल समुहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौं । यस प्रोजेक्टको  मुख्य लक्ष्य पनि यही हो ।”

उनले थपे, “टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाईरहेको​ छ नत्र भने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतको लागी निकै उत्सुक छु ।”

अब नेपालका संगीत प्रेमीहरूले #jointhebeat को साथमा सामाजिक संजालमा भएको नयाँ ए आर फिल्टर प्रयोग गरि १९७४ एडीको उक्त नयाँ ट्रयाकको मजा लिएको आफ्नो भिडियो अपलोड गर्न सकनेछन् ।

यो वर्षको टुर्वोग ओपन अभियानको धेरै नँया रिलिजहरु मध्ये ।।।साथीभाई’ एक हो । यो ट्रयाकमा यूरोप र एसियाबाट आएको विभिन्न संगितशैली रहने छ जुन पप, रक, हिप–हप र लोक विधाहरुमा हुनेछन् ।

भिडियो 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्