जेठ १, २०७९
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...
काठमाडाैं | कात्तिक ४, २०७७
वायु प्रदूषणले स्वास्थ्य निकै नराम्रो असर पार्छ । दम हुनेदेखि लिएर मुटुरोग लाग्नेसम्मको समस्या यसबाट देखापर्छ ।
अझ अहिले त वायु प्रदूषणले कोभिड–१९ बाट हुने मृत्युको जोखिमलाई झन् बढाउने स्पष्ट पारेको छ । त्यसैले फोक्सोको ध्यान दिनु जरूरी छ ।
फोक्सोलाई स्वस्थ राख्न तपाईंले आफ्नो डाइट परिवर्तन गर्नुपर्छ । यहाँ हामी फोक्सोको सुरक्षा गराउने केही खानेकुराको नाम दिँदैछौं ।
अदुवा
रुघाखोकी लाग्दा सबभन्दा बढी उपयोग गरिने अदुवाले श्वासप्रश्वास प्रणालीबाट विषाक्त पदार्थहरू हटाउँछ । यसमा भिटामिन, म्याग्नेसियम, पोटेसियम, जिंक र बिटा क्यारोटिन जस्ता पदार्थ हुन्छन् । यी सबैले फोक्सोलाई स्वस्थ राख्छन् । चिया, तरकारी, दाल वा काढा पानीमा राखेर अदुवा खान सकिन्छ ।
बेसार
बेसारले फोक्सो सुन्निने तथा रगत जम्ने समस्यालाई घटाउन सहायता गर्छ । यसमा पाइने पदार्थहरूले प्राकृतिक तरिकाले फोक्सोलाई सफा गर्छन् । यसले रोगप्रतिरोधक क्षमता वृद्धि गर्न र शरीरलाई विषरहित बनाउन पनि योगदान गर्छ । दाल र तरकारीमा बेसार हाल्नुका साथै दूधमा वा काढा बनाएर बेसार सेवन गर्नुहोला ।
मह
महमा प्राकृतिक मधुरता हुन्छ र यसमा एन्टी ब्याक्टेरियल गुण पनि पाइन्छ । श्वासको समस्यालाई यसले घटाउन मद्दत गर्छ । फोक्सोमा हावाको आवागमनलाई नियमित बनाउनका लागि यो उपयोगी हुन्छ । एक चम्चा महलाई तातो पानीमा मिसाएर पिउँदा फोक्सो सफा गर्न सहज हुन्छ । महले रुघा र खोकीबाट मुक्ति दिन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।
लसुन
लसुनमा एलिसिन नामक शक्तिशाली तत्त्व पाइन्छ । यसले एन्टीबायोटिक एजेन्टका रूपमा काम गर्छ र सासमा हुने संक्रमणलाई रोक्छ । फोक्सोलाई क्यान्सरको खतराबाट रोक्न र सुन्निएको कम गर्न पनि यसले सहायता गर्छ । दमका रोगीहरूलाई अदुवाको सेवनले चमत्कारी असर गर्छ ।
ग्रीन टी
दिनमा दुईपटक ग्रीन टी पिउने गर्नुभयो भने फोक्सोको सबै किसिमका समस्याहरू हराएर जान्छन् ।
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...
भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो । अस्पतालका म...
मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर...
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...
देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता...
कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्ष...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...