×

NMB BANK
NIC ASIA

पाकिस्तान र चीनले आफूविरुद्ध षड्यन्त्र गरेको भारतको आरोप

मंसिर ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र चीनबीच पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा चलिरहेको तनाव रोकिने लक्षण देखिँदैन । 

Sagarmatha Cement
Muktinath Bank

भयंकर जाडो शुरू भइसकेको भए पनि दुवै पक्षले आफ्ना सैनिकलाई आमनेसामने राखिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच भारतका सुरक्षा एजेन्सीहरूले जम्मु–कश्मीरको नगरोटामा जैश–ए–मोहम्मदको आतंकवादी षड्यन्त्रको भण्डाफोर गरेको र जैशलाई पाकिस्तान र चीनले साथ दिएको भनी भारतीय दैनिक पत्रिका नवभारत टाइम्सले लेखेको छ । 


Advertisment
Nabil box
Kumari

सूत्रहरूको हवाला दिँदै पत्रिकाले लेखेअनुसार, आतंकवादी आक्रमण बढाएर भारतलाई लद्दाखमा पछि हट्न तथा आफ्नो शर्त मान्न दबाब दिने चीनको रणनीति हुनसक्छ । 
 

Vianet communication
Laxmi Bank

जैशका आतंकवादीहरूलाई भारतीय सुरक्षाकर्मीले मारेका छन् । उनीहरूको मोबाइलमा मेसेज हेर्दा यस षड्यन्त्रमा इस्लामाबादको समर्थन रहको स्पष्ट हुन्छ । चीनले यसमा पाकिस्तानलाई साथ दिएको माथिल्लो सूत्रले बताएको छ । 

पाकिस्तान र चीन दुवैले कश्मीरको विशेषाधिकार खोसिएको कदमको विरोध गरेका थिए । 

उक्त कदमपछि नै पाकिस्तानी सेना र गुप्तचर निकाय आईएसआईले कश्मीरमा ठूलो कारवाही गर्ने षड्यन्त्र रहिरहेका थिए । यस्तो आतंकवादी आक्रमणले भारतलाई ब्याकफूटमा ल्याउने र सीमाबाट सैनिक हटाउने उसको शर्त मान्न बाध्य बनाउने चीनको सोच रहेको बताइएको छ ।

बिहीवार तीन घन्टा भएको नागरोटमा भएको भिडन्तमा चारजना आतंकवादी मारिएका थिए । उनीहरूबाट ११ वटा एके–४७ राइफल, तीन पिस्तोल, २९ ग्रिनेड र मोबाइल फोनहरू बरामद भएका छन् । 
 

आतंकवादीहरूले सीमा पार गर्नका लागि सुरुङ उपयोग गरेका थिए । त्यहाँ कराचीमा बनेका बोरा उपयोग गरिएको पाइयो । सुरुङ साम्बा जिल्लासम्म पुग्छ । भारतीय सेनाले यस्ता सुरुङको पहिचान गर्न ठूलो अभियान शुरू गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x