माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मंसिर ८, २०७७
सिद्धबाबा सडक खण्डको वैकल्पिक मार्गका रूपमा निर्माण थालिएको चरङ्गे–झुम्सा सडकको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ ।
करीब २० किलोमिटरको यो सडक रूपन्देही खण्डमा ११ र पाल्पा खण्डमा ८.८ किलोमिटर पर्छ ।
एक वर्ष अगाडि नै ट्रयाक खोलिएको यो सडक खण्डलाई चौडा, (कटिङ) ग्राभेल र कालोपत्रे गर्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
यो सडक रूपन्देहीको देवदह नगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकामा पर्छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा हरेक समय झरिरहने पहिरोका कारण जुनसुकै बेला यात्रुले ज्यान गुमाउनुपर्ने अवस्था आएपछि प्रदेश सरकारले वैकल्पिक मार्ग रूपमा यो सडकलाई अगाडि बढाउँदै निर्माणलाई तीव्रता दिएको हो ।
पूर्वाधार विकास कार्यालय, रूपन्देहीका प्रमुख इञ्जिनीयर ललित न्यौपानेले आउँदो वर्षायाममा सिद्धबाबा पहिरो झरे पनि वैकल्पिक मार्गबाट सहज रूपमा गाडी चल्ने गरी काम अगाडि बढाइएको बताए ।
‘ट्रयाक खोल्दा सडक सानो बनेको थियो,’ इञ्जिनीयर न्यौपानेले भने, ‘५ मिटरको सडकलाई विस्तार गरेर ७ देखि १० मिटरसम्म चौडा बनाउने ‘कटिङ’ को काम सकिएको छ । रूपन्देही खण्डमा पर्ने बुटवल धागो कारखानादेखि चरङ्गे बजारसम्म ग्राभेल सकिएर कालोपत्रे गरिँदैछ ।’
यो सडक ‘डबल’ लेनको बन्नेछ । रूपन्देही खण्डमा २ प्याकेजमा काम भइरहेको छ ।
एसियाट्रिक जेभीले पूर्व पश्चिम राजमार्गसँग जोडिएको चरङ्गे जाने प्रतिक्षालयबाट चरङ्गे बजारसम्म १ किलोमिटर सडक फूटपाथ, नाली निर्माण सक्दै कालोपत्रे गर्ने तयारीमा छ ।
चरङ्गे बजारदेखि माथिल्लो मुढाबास हुँदै चौकीभञ्जाङसम्म ९ किलोमिटर आ
दो असारसम्म ग्राभेल सक्ने पूर्वाधार कार्यालयको दाबी छ ।
आयोजनाका अर्का इञ्जिनीयर हरि पौडेलले दोहोरो रूपमा गाडी चल्ने गरी सडकले आकार लिइसकेको बताए ।
उनले भने, ‘दुईवटा ठेकेदार कम्पनीहरूले काम गरिरहेका छन् । सडक ट्रयाक खोलेपछि हामीले फराकिलो बनाएका छौं । रूपन्देही खण्डमा यसै वर्ष ग्राभेल गर्ने काम सकेर कालोपत्रे पनि चरङ्गे बजारमाथि तल्लो मुढाबाससम्म अगाडि बढ्छ ।’
त्रिशुली खोलामा एउटा पुल ठूलो बनाउनुपर्ने छ । त्यस्तै ४ वटा अन्य साना–साना खहरे खोलामा पनि पुल बनाउने काम अगाडि बढेको छ ।
रूपन्देही खण्डमा यसै आर्थिक वर्षमा ४ किलोमिटर कालोपत्रे सकिने छ । अर्को ठेकेदार कम्पनी काष्ठमाण्डप त्रिरूपति जेभीले चरङ्गे बजारदेखि तल्लो मुढाबाससम्मको काम गरिरहेको छ ।
पौडेलले यो सडक खण्डको भौगोलिक अवस्था पनि सिद्धबाबा क्षेत्रको जस्तै अत्यन्त कमजोर रहेको बताए ।
त्यस्तै पाल्पा खण्डको काम पनि धमाधम भइरहेको छ । सडक पूर्वाधार कार्यालय, पाल्पाका इञ्जिनीयर प्रेम नारायण बस्यालले सडकको ग्राभेल सडकलाई ७ मिटरको चौडा बनाएर अब ग्राभेल गर्ने काम अगाडि बढेको बताए ।
उनले भने, ‘पाल्पा खण्डमा तीन स्थानमा ठूला घुम्ती काट्नुपर्ने थिए । ती काटिसकियो । अब ग्राभेलको काम अगाडि बढेको छ । आउँदो बर्खासम्म ग्राभेल सकिन्छ । त्यसपछि कालोपत्रे गर्ने काम अगाडि बढ्छ ।’
पाल्पा खण्डमा प्रदीप कन्ट्रक्सनले काम गरिरहेको छ । हेकबारी खोलामा १५ मिटर लामो पुलको काम पनि भइरहेको छ । बस्याल भन्छन्, ‘वैकल्पिक मार्ग पनि सिद्धबाबाको जस्तै कमजोर भूगोल छ । चुरे जता पनि कमजोर नै रहेछ ।’
अहिले यो सडक खण्डमा ट्याक्टर र टिप्परहरू चल्न थालिसकेका छन् । तर, मालबाहक र यात्रुबाहक सवारीसाधन ओहोरदोहोर गर्न सक्ने अझै अवस्था छैन ।
वैकल्पिक मार्गका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ र २०७६/७७ मा ६/६ करोड र चालू आर्थिक वर्षका लागि ४ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । सिद्धार्थ राजमार्ग हुँदै दैनिक २ हजार ५ सय सवारी साधन बुटवल हुँदै पाल्पा, गुल्मी, बाग्लुङ, पोखरा, म्याग्दी हुँदै मुस्ताङसम्म सवारी चल्ने सडक हो ।
बाह्रै महिना सिद्धबाबाको झण्डै तीन किलोमिटर क्षेत्रमा पहिरोले सडक अवरुद्ध गर्दा गाडी बीच बाटोमै अलपत्र पर्नुपर्ने अवस्था छ । यो सडक निर्माण भएपछि उक्त समस्या समाधान हुने अपेक्षा छ ।
यो सडकको ट्रयाक खोल्न पाल्पाका तिनाउ र माथागढी गाउँपालिका र जिल्ला समन्वय समितिको पहलमा ३० लाख रूपैयाँ संकलन गरी शुरू गरिएको थियो ।
त्यसपछि प्रदेश सरकार बनेसँगै यो सडकलाई वैकल्पिक मार्गको रूपमा अगाडि बढाइएको हो ।
पाल्पाको दोभानका वातावरण क्षेत्रका जानकार दलबहादुर गुरूङले सडकमा दीर्घकालीन रूपमा यो सडक उपयुक्त नहुने बताउँछन् । यो सडक खण्डमा पर्ने चुरे अत्यन्त कमजोर छ । हिउँदमा त गाडी चलाउन सम्भव होला । हामीलाई चाहिने असार टू असोज हो । यो समय सानो पानी पर्दा पनि यस क्षेत्रमा माटो खसिहाल्छ ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले आउँदो वर्षायाममा यही सडक भएर सवारीसाधन सञ्चालन हुने बताए ।
‘सडक फराकिलो बनाउँदै ग्राभेल सकिँदै छ । अब पुल कल्भर्ट, वाल बनाउन हामी जोडका साथ लागेका छौं । ढुक्क हुनुहोस्, अब आउने बर्खामा सिद्धबाबा पहिरोले गाडी रोकिनुपर्ने अवस्था आउने छैन ।’
सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणको काम संघीय सरकारले अगाडि बढाएको छ ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...