×

NMB BANK
NIC ASIA

झन् झन् महंगिँदै विष्णु माझी

मंसिर ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भूमिगत शैलीबाटै लोकगायन क्षेत्रमा राज गरिरहेकी गायिका विष्णु माझीले आफ्नो पारिश्रमिक झन् झन् बढाउँदै गएकी छिन् ।

Muktinath Bank

हालै एक सर्जकले विष्णुलाई गीत गायनका लागि गरेको प्रस्तावमा माझीले ३ लाख पारिश्रमिक डिमान्ड गरेको बुझिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय केही व्यक्तिको प्रस्तावमा माझीले ३ लाखसम्म पारिश्रमिक डिमान्ड गर्ने गरेको जानकारी प्राप्त भएको छ ।


Advertisment
Nabil box
Kumari

एक गीतकारले लोकान्तरसँग भने, ‘मैले २ वटा गीतका लागि उनलाई गरेको प्रस्तावमा दुवैपटक ३ लाख भन्ने कुरा आयो । त्ययसपछि ब्याक भएँ ।’

Vianet communication
Laxmi Bank

त्यसो त हालै ‘ओर आइज प्रेम लाइदेऊ’मा माझीले २ लाख पारिश्रमिक लिएकी थिइन् । त्यस्तै पछिल्लो समय माझीले हरेकजसो गीतमा २ लाख पारिश्रमिक बुझ्दै आएको बुझिएको  छ ।

यद्यपि, पछिल्लो समय ३ लाखसम्म पारिश्रमिक डिमान्ड गर्न थालेपछि विष्णुको रेट झन् महंगिएको बजारमा चर्चा छ ।

हजारौं गीतमा स्वर दिइसकेकी गायिका माझीको स्वर रहेको गीत ‘सालको पात टपरी’को चर्चासँगै उनले आफ्नो पारिश्रमिक ५० हजारदेखि बढाएर १ लाख पुर्‌याएकी थिइन् ।

त्यसपछि उनले निरन्तर ५० हजारको दरमा आफ्नो पारिश्रमिक बढाउँदै गएकी छिन् ।

लामो समयदेखि गायन क्षेत्रमा सक्रिय गायिका माझी भने गुमनाम रूपमा गीत गाउँदै आएकी छिन् ।

स्वयं माझीलाई गीत गाउन दिने सर्जकले समेत माझीको अनुहार देख्न पाउँदैनन् ।

नेपालका अधिकांश गायक, गायिका तथा सजर्कहरूसँग माझी सम्पर्कविहीन हुने गरेकी छिन् । उनी १० वर्षदेखि कुनै मिडियामा अन्तर्वार्ता समेत दिएकी छैनन् ।

विष्णुलाई लिएर गीत रेकर्ड गराउँदै आएका सजर्कहरूले विष्णुको रेट बढेसँगै अबका दिनमा सोच्नुपर्ने बेला आएको गुनासो गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x