प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवन राष्ट्रिय निकुञ्जमा ४ गैंडा मरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत वर्ष निकुञ्जले चोरी शिकारी शून्य वर्ष मनाएको थियो । तर यस वर्ष भने अन्य उल्लेख्य संख्यामा एकसिङ्गे गैंडा मृत फेलापरेपछि समितिले मंसिरको तेस्रो हप्ता स्थलगत निरीक्षण र सरोकारवालासँग अन्तक्र्रिया गर्ने भएको छ ।
समिति अन्तर्गतको उपसमितिले शे–फक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको प्राकृतिक बासस्थान व्यवस्थापन, मानव र वन्यजन्तुबीचको सहसम्बन्धबारे सरोकारवालासँग छलफल समेत गर्ने भएको छ ।
रासस