दोषीलाई कारवाही गर्नुपर्छ, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस् : पूर्वमन्त्री बाँस्कोटा

फाइल फोटो

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् ।

पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे ३ भवन शिलान्यास कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उनले भाषणमा सुशासनका ठूला कुरा गरेर सुशासन नहुने बताए । 


Advertisement

‘भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन,’ उनले भने ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बाँस्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्धत रहेको बताए । ‘हामी सुशासन चाहन्छौं, भाषणमा कुर्लने हैन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस्,’ उनले भने । यसअघि उनले विद्यालयमा स्थापित आईसीटी ल्याबको उद्घाटन गरेका थिए ।
    
कार्यक्रममा पूर्व राज्यमन्त्री रेशम लामा, प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, पनौती नगर प्रमुख भीम न्यौपाने र  विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसी लगायतले शुभकामना व्यक्त गरेका थिए ।


Advertisement

कमेन्ट गर्नुहोस्