मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

रुपन्देहीमा सोमवार भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा ७ भलवारीमा लु२४प ७५०६ नम्बर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुुँदा २ जना युवाको मृत्यु भएको हो ।


Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ का २७ वर्षीय विकास चौधरी र २० वर्षीय हरि गुरुङ छन् ।

मोटरसाइकल बुटवलबाट भैरहवातर्फ जाँदै गरेको गरेको थियो । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका लागि क्रिमसन अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्कप्रसाद खत्रीले जानकारी दिए ।


Advertisement

कमेन्ट गर्नुहोस्