चर्चा बटुल्दै नयाँ गीत "जानी नजानी" (भिडियोसहित)

नयाँ गीत 'जानी नजानी' को म्युजिक भिडियोले चर्चा बटुल्दै आएको छ ।

गायिका मिलन नेवारको आवाजमा रहेको गितमा शब्द लुनिभा श्रेष्ठको रहेको छ भने सुमधुर संगीत सुनिल मास्केको रहेको छ । उक्त गीतको संगीत व्यवस्थापन सञ्जिव बराईलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन् ।


Advertisement

झन्डै ३ मिनेट ४० सेकेन्डको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको सार्है नै राम्रो अभिनय रहेको छ जसले दर्शक-श्रोताहरूलाई पुरै गीतमा बाँधेर राख्न सफल भएको छ।  

ओ एस आर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्