×

NMB BANK
NIC ASIA

अदालतले धरौटीमा छाडेपछि ६ वर्षीया बालिकालाई बलात्कार गरी हत्या, स्थानीय आक्रोशित

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरीको बर्दिबास नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका अरुणकुमार साह यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको रहस्य खुलेको छ ।

Muktinath Bank

महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार उनी यसअघि पनि हत्या आरोपमा पक्राउ परेका तर अदालतको आदेशबाट धरौटीमा रिहा भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनको बेला २०७७ वैशाख २८ गते गाउँले दिलीप ठाकुरको हत्या गरेको आरोप अरुणमाथि छ । ‘दिलीप र अरुण दुवै जना रक्सीको अम्मली थिए, सँगै रक्सी खाएर आउने बेला दुवै जनाबीच झगडा भएर ढुंगाले एकअर्कामाथि हानाहान भएको थियो,’ प्रहरी निरीक्षक रेग्मीले लोकान्तरसँग भने, ‘चोट त अरुणलाई पनि लागेको थियो तर अरुणले हानेको ढुंगाले दिलीपको मृत्यु नै भएको थियो ।’


Advertisment
Nabil box
Kumari

त्यतिबेला पनि हत्या आरोपमा साहलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा नै चलाइएको उनले बताए । ‘तर थुनछेक आदेशको क्रममा महोत्तरी जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएका कारण उनी रिहा भएका थिए,’ रेग्मीले भने, ‘अदालतको आदेशविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन समेत गरिएको छ तर आदेश भने आइसकेको छैन ।’

Vianet communication
Laxmi Bank

अरुणको मूलघर महोत्तरीको गौशाला नगरपालिका–५ मा छ भने अर्को घर बर्दिबास नगरपालिका–१४ मा छ । बर्दिबासको घरमा उनले पसल थापेर व्यापार गर्दै आएका थिए ।

बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातून मंसिर ७ गते साँझदेखि हराएकी थिइन् । पसलमा ‘चक्लेट’ किन्न गएकी बालिकालाई अरुणले अपहरण गरेर राखेका थिए । साँझ परेपछि बलात्कार गरेर हत्या गरी पोकामा राखेर फालेर आफ्नो गाउँ गौशाला गएका थिए ।

‘उसले बालिकाको हत्या गरेर फालेको कुरा आफ्नो घरपरिवारमा समेत बताएका रहेछन्,’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘उसको पारिवारिक स्रोतबाट नै हत्याको कुरा प्रहरीमा जानकारी आएको तथा परिवारका सदस्यले नै उसलाई प्रहरी कार्यालय गौशालामा ल्याएर सोमवार राति १२ बजे बुझाएका थिए ।’

राति नै अरुणलाई बर्दिबास लगेर बालिकाको शव फालेको स्थानमा लगेर प्रहरीले शव बरामद गरेको थियो । 

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार पक्राउ परेका अरुणले आरोप स्वीकार गरिसकेका छन् । बालिका हत्याको विरोध गर्दै स्थानीयले बर्दिबासस्थित राजमार्गमा टायर जलाएर विरोध प्रदर्शन गर्नुका साथै आरोपी अरुणको बर्दिबासस्थित घरमा आगो समेत लगाएका छन् ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेका छन् । 

स्थानीयले बलात्कारी तथा हत्यारालाई ‘फाँसी देऊ’ भन्दै शव समेत सडकमा राखेर नाराबाजी गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x