×

NMB BANK
NIC ASIA

पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ६.२९ प्रतिशत, राजश्व संकलन वार्षिक लक्ष्यको झण्डै आधा

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेश सरकारले ६.२९ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । 

Muktinath Bank

चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला था योजना मन्त्री झपट बोहराले यस वर्ष गत वर्ष भन्दा १.७६ प्रतिशतले खर्च वृद्धि भएको बताए ।
गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४.५३ प्रतिशत मात्रै खर्च भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष चालूतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६.६५ प्रतिशत र पूँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५.९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले बताए । 


Advertisment
Nabil box
Kumari

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५.४० प्रतिशत र पूँजीगततर्फ ३.५२ प्रतिशत मात्रै खर्च भएको थियो प्रदेश अर्थमन्त्री बोहराले भने, ‘यस वर्ष चालुतर्फ १.२५ र पूँजीगततर्फ २.४१ प्रतिशतले खर्च बढी भएको छ । चालू आर्थिक वर्षमा ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार बजेट विनियोजन गरिएको थियो ।’ 

Vianet communication
Laxmi Bank

आर्थिक मामिला तथा योजना मन्त्री बोहराले यस वर्ष पूँजीगत बजेट ९० प्रतिशत भन्दा बढी खर्च गर्ने दाबी गरेका छन् । 

‘पहिलो चौमासिकमा प्रदेश सरकारको पूँजीगत बजेट खर्च समेत सन्तुष्टिजनक छ’, उनले भने, ‘पर्याप्त कर्मचारी नहुँदा पनि हामीले यस वर्ष बजेट खर्च बढाएका छौँ। अर्को चौमासिकमा ४० प्रतिशत र आर्थिक वर्षको अन्त्यसम्म ९० प्रतिशत बजेट खर्च हुन्छ ।’

राजस्व संकलन पनि बढ्यो 

पहिलो चौमासिकमा प्रदेश सरकारले गत वर्षभन्दा ६४.४५ प्रतिशतले बढी राजस्व संकलन भएको जनाएको छ ।

‘चालू आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो,’ मन्त्री बोहराले भने, ‘पहिलो चौमासिकमै ४५.९३ प्रतिशत  अर्थात् ३१ करोड ९ लाख ६६ हजार राजस्व सङ्कलन भएको छ ।’

‘गत आर्थिक वर्षमा प्रदेश सरकारले पहिलो चौमासिकमा ३२.१२ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको थियो । यस वर्ष हामी लक्ष्यभन्दा बढी राजश्व संकलन गर्छाैं,’ मन्त्री बोहराले भने ।

सबैभन्दा बढी खर्च प्रदेश सभा सचिवालयको, कम अर्थ मन्त्रालयको

पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सबैभन्दा बढी खर्च गरेको छ । प्रदेश सभा सचिवालयले १९.५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १.२९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले ०.८१ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७.४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४.२९ प्रतिशत, भौत्तिक पूर्वाधार विकास मन्त्रालयले ८.२५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८.०८ र वित्तिय हस्तान्तरण स्थानीय घरले ८.५१ प्रतिशत खर्च गर्दा प्रदेश सरकारको जम्मा खर्च ६.२९ प्रतिशत हुन आएको छ ।

सबैभन्दा बढी प्रदेश सभा सचिवालयले र सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x