×

NMB BANK
NIC ASIA

कोरोना बीमा भुक्तानीमा आनाकानी कायमै

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

झन्डै साढे तीन महिनाअघि कोरोना संक्रमित भएपछि बीमा दाबी गरेकी प्रभा पन्थीले अझै भुक्तानी पाएकी छैनन् ।

Muktinath Bank

कम्पनीमा सोधखोज गर्दा हरेक पटक दुई–चार दिनमा भइहाल्छ भने पनि अझै पैसा नपाएको उनले बताइन् । ‘अब त कम्पनीमा फोन गर्न पनि दिक्क लागिसक्यो, जहिले कुरा गर्दा पनि एउटै उत्तर आउँछ,’ उनले भनिन्, ‘पैसा आउने टुंगो छैन ।’ जनरल इन्स्यारेन्सबाट कोरोना बीमा गरेकी पन्थीले बुटवलस्थित एक निजी अस्पतालमा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने मनोज गौतमले गत असोज २६ मा कोरोना बिमाको दाबी पेस गरे । लुम्बिनी जनरल इस्योरेन्सबाट बीमा गरेका गौतमले अझै भुक्तानी पाएका छैनन् । ‘कम्पनीमा सम्पर्क गर्दा निजी प्रयोगशालामा परीक्षण भएका रिपोर्टको भुक्तानीमा समय लाग्ने भन्छन्,’ उनले भने, ‘कोरोना पोजिटिभ देखिएका बीमा कम्पनीकै कर्मचारीले अझै भुक्तानी पाएका छैनन्, अरूलाई के भन्ने ।’ निजी प्रयोगशालामा गरिएका परीक्षणका रिपोर्ट भुक्तानीका लागि कम्तीमा दुई–तीन महिना लाग्ने कम्पनीले बताएको गौतमको भनाइ छ । भुक्तानी नपाउँदा औषधोपचार रोक्नुपरेको उनले बताए । ‘कोरोनाको कारण फोक्सोमा समस्या भएकाले उपचार गर्नुपर्नेछ,’ उनले थपे, ‘पैसा नभएकाले थप उपचार गराउन पाएको छैन ।’


Advertisment
Nabil box
Kumari

गोकर्णेश्वर नगरपालिका–८ की रञ्जना सापकोटाले बीमा दाबीका लागि गत असोज २६ मा आवेदन दिइन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट बीमा गरेकी सापकोटाले टेकु अस्पतालमै कोरोना परीक्षण गराएकी हुन् । सबै कागजातसहित आवेदन दिए पनि करिब डेढ महिनासम्म पनि उनले दाबी भुक्तानी नपाउँदा दुःख लागेको बताइन् । गोकर्णेश्वर–८ का प्रकाश अधिकारीले पनि गत असोज १७ मा दाबी भुक्तानीका लागि आवेदन दिए । एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बीमा गरेका अधिकारीले काठमाडौं मेडिकल कलेजमा कोरोना परीक्षण गराएका थिए ।

Vianet communication
Laxmi Bank

यी त उदाहरण मात्र हुन् । अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र बीमा दाबी भुक्तानी दिन निर्देशन दिएको तीन साता भइसकेको छ । तर बिमितको गुनासो यथावत् छ । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका थुप्रै बिमितले जताततै गुनासो गरिरहेका छन् । उनीहरूको एउटै प्रश्न छ, बीमा भुक्तानी कहिले पाइन्छ ? कोरोना बीमा मापदण्ड, ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । कोरोना बीमा दाबी, भुक्तानी र भुक्तानी पाउन नसकेको तथ्यांक केलाउँदा कोरोना बीमा मापदण्ड २०७७ र अर्थमन्त्रीको निर्देशक कार्यान्वयन भएको देखिँदैन ।

बिमक संघको तथ्यांकअनुसार कोरोना बिमामा हालसम्म २७ हजार ४ सय ३६ जनाले भुक्तानीको दाबी गरेका छन् । यसमध्ये करिब ४ हजार १ सय ८० को मात्र भुक्तानी भएको छ । भुक्तानी भएको संख्या कुल दाबीको १५.२३ प्रतिशत हो । दाबी परेकामध्ये ९ हजार ६ सय ४३ वटाको मात्र पूरा कागजात प्राप्त भएको छ । यो कुल दाबीको करिब ३५ प्रतिशत मात्र हो । बाँकी करिब ६५ प्रतिशत दाबीको आवश्यक कागजात नपुगेको संघले बताएको छ । भुक्तानी हुन बाँकी दाबीमध्ये १ हजार ६ सय ४१ वटा सक्कली वा नक्कली प्रमाणीकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पठाइएको, १ हजार ३ सय ६ वटा दाबी भुक्तानीका लागि तयार भएको र २ हजार १ सय ४४ वटा दाबीउपर अध्ययन भइरहेको संघले जनाएको छ ।

बीमा कम्पनीहरूले भने समयमै भुक्तानी दिएको दाबी गर्दै आएका छन् । आवश्यक कागजात र मापदण्ड पुगेका सबै दाबी एक साताभित्रै भुक्तानी हुँदै आएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले दाबी गरे । ‘करिब एक तिहाइ दाबीमा आवश्यक कागजात नै पुगेका छैनन्,’ उनले भने, ‘मापदण्ड पुगेका दाबी भुक्तानीमा कत्ति पनि ढिलाइ भएको छैन ।’ अहिले पनि दाबी भुक्तानी नपाएका बिमितले आफूले बीमा गरेको कम्पनीमा सम्पर्क राखेर दाबीको अवस्थाबारे जानकारी लिन र कागजात नपुगेको भए छिट्टै पुर्‍याइदिन पाण्डेले आग्रह गरे ।

विगतमा ईडीसीडीबाट प्रमाणीकरणमा ढिलाइ भएको थियो । अहिले त्यहाँबाट पनि छिटो भएको छ । दैनिक डेढदेखि दुई सय वटा रिपोर्ट परीक्षण भएर आउने गरेको उनले बताए । ‘दाबी भुक्तानी नियमित प्रक्रियामा गइसक्यो, मापदण्ड पुगेका सबै दाबी एक–दुई साताभित्रै भुक्तानी गर्छौं,’ उनले भने, ‘जति चाँडो प्रमाणीकरण हुन्छ त्यति छिटो दाबी भुक्तानी हुन्छ ।’

शंकास्पद र निजी प्रयोगशालामा गरिएको परीक्षणका रिपोर्ट प्रमाणीकरणका लागि ईडीसीडी पठाउनुपर्ने भएकाले समय लागेको हुन सक्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘मापदण्ड पुगेका सबै बिमितले दाबी पाउँछन्,’ उनले भने, ‘धेरै दाबीमा आवश्यक कागजात नै नपुगेको जानकारी आएको छ ।’ बीमा गरिसकेपछि कम्पनीहरूले जसरी भए पनि दाबी भुक्तानी दिनुपर्ने भएकाले केही ढिलाइ भए पनि ढुक्क हुन उनले बिमितलाई आग्रह गरे ।

लामो समयसम्म दाबी भुक्तानी नदिएको भन्दै चौतर्फी विरोध भएपछि गत कात्तिक १८ मा सरकारले सात दिनभित्र भुक्तानी दिन बीमा कम्पनीलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि (गत कात्तिकयता) मात्र थप करिब २ हजार ८ सय वटा दाबी भुक्तानी भइसकेका संघले बताएको छ । सरकारको निर्देशन आउनुअघिसम्म करिब १ हजार ४ सय वटा मात्र दाबी भुक्तानी भएका थिए । कोरोना बीमा मापदण्ड, ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । संशोधित मापदण्डमा बीमा पुल (बिमक संघ) बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ ।

गत सातासम्म १ लाख ५६ हजार ५ सय बिमालेखमार्फत १७ लाख ४ हजार जनाले बीमा गरेका छन् । सो बिमाबाट ९८ करोड ३३ लाख ७९ हजार ८ सय ६८ रुपैयाँ संकलन भएको छ । जसमध्ये २१ करोड २० लाख रुपैयाँ ५४ हजार ६ सय ८९ रुपैयाँ गत भदौ २८ गतेपछिको बिमाबाट संकलन भएको बीमा शुल्क हो । सो अवधिमा १५ हजार १ सय ८७ बिमालेखमार्फत ३ लाख ५५ हजार २ सय १८ जनाको बीमा भएको छ ।

भदौ २८ यता बीमा समितिले पुरानो बिमालेख खारेज गरी नयाँ जारी गर्न निर्देशन दिएको थियो । नयाँ बीमा लेखमा सामूहिक रूपमा प्रतिव्यक्ति १ लाख रुपैयाँको मात्र बीमा गर्न पाइन्छ । जसमा कोरोना संक्रमित भएको प्रमाणित भएपछि घरमै आइसोलेसनमा बसेको भए एकमुष्ट २५ हजार र अस्पतालमा उपचार गराएको भए उपचार खर्चअनुसार बढीमा ७५ हजार रुपैयाँसम्म भुक्तानी पाइन्छ । भदौ २८ अघि बीमा गरेका बिमितले भने कोरोना प्रमाणित भएपछि एकमुष्ट ५० हजार र एक लाख रुपैयाँ भुक्तानी पाउँछन् । बिमक संघको सहमतिअनुसार बीमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बीमा (पुल) मा पठाउने, पुलले पाँच दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ । कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बीमा लेखको बिक्री सुरु गरिएको थियो । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x