×

NMB BANK
NIC ASIA

रेमिट्यान्समा देखिएन कोरोना असर

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ को कारण ठूलो परिमाणले रेमिट्यान्स घट्ने प्रक्षेपण गरिएको भए पनि चालु आर्थिक वर्षको तीन महिनासम्म त्यसको असर देखिएको छैन । बुधबार सार्वजनिक राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत असोजसम्म रेमिट्यान्स साढे १२ प्रतिशतले बढेको देखाएको छ ।

Muktinath Bank

गत साउनमा रेमिट्यान्स २३ प्रतिशत र भदौमा ८ प्रतिशतले बढेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनका अनुसार रोजगारीका लागि विदेशिएका नेपालीले गत असोजसम्म २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पठाएका छन् । गत आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ५.१ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ८६ करोड रुपैयाँ मुलुक भित्रिएको थियो । ‘सो अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।’ गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब र असोजमा ९३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि असोजमा बढेको छ । यसले पनि रेमिट्यान्समा कोभिड–१९ को असर नपरेको पुष्टि हुन्छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा लकडाउन सुरु भएको महिना गत चैतमा ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर, त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकले बताउँदै आएको छ । ‘दसैं र तिहारको कारणले पनि गत असोजमा रेमिट्यान्स बढेको देखिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘लकडाउनका कारण विदेशबाट जिन्सी आउन कम भएको छ । यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखियो ।’

Vianet communication
Laxmi Bank

तरकारीको मूल्य २३ प्रतिशतले बढ्यो
वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर गत असोजमा ३.७९ प्रतिशत छ । गत आवको असोजको तुलनामा चालु आवको सोही अवधिको मूल्य वृद्धिदर २.४२ प्रतिशत विन्दुले कम हो । गत आवको असोजमा यस्तो मूल्य वृद्धिदर ६.२१ प्रतिशत थियो । गत असोजमा मूल्यवृद्धिदर कम देखिए पनि खाद्य तथा पेय समूह, तरकारी, दाललगायतको मूल्य वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ । ‘गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.४६ प्रतिशत छ,’ प्रतिवेदनमा उल्लेख छ । ०७६ असोजको तुलनामा गत असोजमा तरकारी उपसमूहको मूल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३.८६ प्रतिशत छ । तरकारी तथा दालजन्य वस्तुको मूल्य बढे पनि अन्य धेरै वस्तुको मूल्य घटेकाले समग्र मूल्य वृद्धिदर कम देखिएको बताइएको छ ।

चालु आय र व्ययको हिसाब देखाउने चालु खाता गत असोजमा करिब ३४ अर्ब ३६ करोड रुपैयाँले बचतमा छ । ०७३ मंसिरयता गत साउनदेखि यो खाता बचतमा रहेको हो । गत वर्षको असोजमा २२ अर्ब ४७ करोडले घाटामा थियो । ०७३ मंसिरयता गत असारसम्म यो खाता निरन्तर घाटामा थियो ।

१ खर्बले शोधनान्तर बचतमा
चालु आर्थिक वर्षको तीन महिनामा अर्थतन्त्र (शोधानान्तर) १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ३४ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षको असोजमा १२ करोड ७८ लाखले बचतमा रहेकोमा चालु आवको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको प्रतिवेदनले देखाएको छ । सरकारले लकडाउन सुरु गरेदेखि शोधनान्तर बढ्न थालेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेको लगायत कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

थुप्रियो विदेशी मुद्रा
गत असोजसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो ४.९ प्रतिशतको वृद्धि हो । गत असारमा यो १४ खर्ब १ अर्ब रुपैयाँ थियो । तीन महिनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति बढेको छ । २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत असोजमा १२ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोजसम्मको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १४.१ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x