×

NMB BANK
NIC ASIA

पर्यटन पुनःउत्थानमा सरोकारवालाहरूको जोड

मंसिर ११, २०७७

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

कोभिड–१९ महामारीका कारण बढी प्रभावित पर्यटन क्षेत्रको पुनःउद्धार र पुनःउत्थान गर्न निजी क्षेत्रको एकता र सहकार्य जरुरी रहेको सरोकारवालाले औँल्याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन गर्न आयोजना गरेको अन्तरक्रियाका वक्ताले थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार र निजी क्षेत्रको साझेदारिता फराकिलो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र पर्यटनका छाता संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा निजी क्षेत्रका सहभागीले प्रभावकारी सञ्चार र समन्वयका साथ पर्यटनको गतिविधि खोल्नुपर्नेमा जोड दिएका थिए  ।


Advertisment
Nabil box
Kumari

सहभागीले पर्यटन उद्योगको पुनःउद्धार र पुनःउत्थानका लागि स्वास्थ्य मापदण्डको पालनाका निमित्त सहकार्य आवश्यकता औंल्याए । 

Vianet communication
Laxmi Bank

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्र सञ्चालन गर्ने काममा ठोस कदम बढिसकेको जानकारी दिए ।

उनले पर्यटन पुनःउद्धार र पुनःउत्थानका लागि मन्त्रालयका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको बोर्डद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन मन्त्रालयका सचिव कोइरालाले यस सङ्कटलाई पार गर्न कार्यतालिका बनाएर अघि बढ्नका लागि सहकार्य गर्न सबैमा अनुरोध गरे।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डले कोभिड–१९ ले पर्यटनमा पारेको असर सम्बोधन गर्न विगत र वर्तमानमा गरिरहेको कामहरुको प्रस्तुति गर्दै प्रभावकारी पुनःउद्धार र पुनःउत्थानका लागि निजी क्षेत्रको एकता र सहकार्यका लागि अनुरोध गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x