मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मंसिर ११, २०७७
नेपाल-भारतबीच विदेश सचिवस्तरीय भेटवार्ता सम्पन्न भएको छ ।
औपचारिक भ्रमणका लागि बिहीवार नेपाल आइपुगेका भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगला र नेपालका परराष्ट्रसचिव भरतराज पौडेलबीच अपराह्न होटेल याक एण्ड यतिमा औपचारिक बैठक बसेको थियो ।
बैठकका बारेमा नेपालस्थित भारतीय दूतावासले ट्वीट गर्दै परराष्ट्र सचिवस्तरीय बैठक उपलब्धिमुलक भएको जनाएको छ ।
'बैठकमा उहाँहरूले द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो र आपसी हितका मुद्दाहरूमा छलफल गर्नुभयो,' दूतावासले औपचारिक प्रतिक्रिया छ ।
बैठक कक्षबाट बाहिर निस्कँदै गर्दा श्रृंगलाले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, 'दुई देशबीच छलफलको प्रारम्भ भएको छ । यो बिल्कुलै सकारात्मक छ ।'
नेपाल–भारतबीच सीमा लगायत विवाद रहेका बेला सम्बन्ध सुधारका लागि भन्दै विदेश सचिव श्रृंगला २ दिने नेपाल भ्रमणमा आएका हुन् ।
श्रृंगला नेपालमा रहँदा सरकारका पदाधिकारी, मन्त्रीहरू र राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल हुने जनाइएको छ । श्रृंगला विदेश सचिव बनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् ।
बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता
याक एण्ड यतिमा भएको परराष्ट्रसचिव स्तरीय बैठकपछि श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालय सिंहदरवारमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बतायो ।
भारतले गतवर्ष नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा प्रकाशित गरेपछि दुई देशबीच कुटनीतिक सम्बन्धमा चिसोपना आएको थियो । अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेको थियो ।
दुई देशबीच कुटनीतिक सम्बन्धमा चिसोपना आएको समयमा शुरु भएको परराष्ट्र सचिवस्तरीय वार्तालाई महत्वका साथ हेरिएको छ ।
काठमाडौं उत्रिएपछि विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै भारतीय विदेश सचिव श्रृंगलाले नेपाल भारत सम्बन्ध बलियो रहेको बताएका थिए । उनले नेपाली भाषामै सम्बोधन गरेर मन जित्ने कोशिस गरेका थिए ।
भारतीय विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीवार नै भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...