मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मंसिर ११, २०७७
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन् ।
बिहीवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुने बताए ।
मन्त्री मानन्धरले प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताए । जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी २ वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताए ।
जनताले ५ वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए ।
सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरू लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने मन्त्री मानन्धरले दाबी गरे । पार्टीमा केही राजनीतिक विवाद देखिए पनि समाधान हुने बताउँदै मन्त्री मानन्धरले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी समेत गरे ।
जनताले महसूस गर्ने गरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठूला परियोजनाको निर्माण र समानुपातिक विकासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गरे । मन्त्री मानन्धरले कोरोनाका कारण विकासमा केही बाधा देखिए पनि अब निरन्तर काम हुने बताए ।
मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्बन गरेको बताउँदै जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताए । दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले निःशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताए । सरकारले १७ लाखभन्दा बढीको कोरोना परीक्षण र उपचार गरेको बताउँदै एक्कासी आएको महामारी नियन्त्रणका क्रममा केही समस्या देखिनु स्वाभाविक भएको बताए ।
लाखौं नागरिक प्रभावित भएको महामारी नियन्त्रणका लागि विश्व नै लागिपरेको बताउँदै मन्त्री मानन्धरले खोपको विकास हुनेबित्तिकै नेपाल ल्याउने गरी सरकारले कार्यदलमार्फत् काम गरिरहेको बताए ।
मन्त्री मानन्धरले कोरोना रोकथाम र उपचारका लागि बेसार पानी, गुर्जो लगायतका जडिबुटीजन्य नेपालका प्राकृतिक उपजको उपयोगमा जोड दिन पनि आम सर्वसाधारणलाई आग्रह गरे । कार्यक्रममा कोरोना नियन्त्रणका लागि योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...