नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए ।
भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए ।
भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दा समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचारविमर्श भएको बताइएको छ ।
लोकान्तर संवाददाता