×

NMB BANK
NIC ASIA

उपत्यकामा ४० लाख स्मार्ट मिटर जडान गर्ने काम अघि बढ्यो

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ ।
 प्राधिरकणले पाइलट प्रोजेक्टका रुपमा काठमाडौँ उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका ग्राहकमा सो स्मार्ट मिटर जडान शुरु गरेको छ । प्राधिकरणका अनुसार कोरोना कहरमा पनि निरन्तर काम भइरहेको र हालसम्म १५ हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान सम्पन्न भइसकेको छ । विशेष गरी थ्री फेज विद्युत् लिएका ग्राहकको घरमा उक्त स्मार्ट मिटर जडान गरिएको छ ।

Muktinath Bank

 प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुप हाल काठमाडौं  उपत्यकाममा स्मार्ट मिटर जडान तथा विद्युत्को तार भूमिगतको काम भइरहेको जानकारी दिए । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रहेका ग्राहकको ‘सर्भे’ सम्पन्न गरी मिटर जडान कार्य शुरु गरिसकेको छ र हालसम्म करिब १५,००० थान स्मार्ट मिटर जडान भइसकेको सिलवालले जानकारी दिए।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले हाल काठमाडौँको रत्नपार्क तथा महाराजञ्ज विद्युत् वितरण केन्द्रमार्फत विद्युत् उपभोक्तालाई ‘एनइए डिजिटल क्याम्पेन’ अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तीव्र पारिएको छ । प्राधिकरणले पहिलो चरणमा एक लाख घरायसी ग्राहकलाई स्मार्ट मिटर दिने जनाएको छ । यो योजना सफल भइसकेपछि कतै समस्या देखियो भने कार्यालयमै बसेर विद्युत् अवरोध भएको स्थान पहिचान गर्न र समाधान गर्न सकिनेछ ।
एडिबीको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले काठमाडौं उपत्यकाका करिब ४० लाख पुराना मिटर परिवर्तन गरी नयाँ जडान गर्ने काम अघि बढाइरहेको छ । ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा प्राधिकरण अग्रसर भएको हो । विद्युत् उत्पादन, प्रशारण लाइन तथा वितरण प्रणालीलाई भरपर्दो विश्वस्तरीय बनाउनका लागि नवीनतम प्रविधि भित्र्याई नेपालको विद्युत् क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड अवधारणा अगाडि बढाएको हो ।


Advertisment
Nabil box
Kumari

नेपाल आर्थिक पत्रकार समाज द्वारा आज आयोजित वेबनारमा बोल्दै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम शुरु गरिसकेको बताए  ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x