चीनमा एक विवाहित पुरुष उसकी प्रेमिकासँग बसिरहेको बेलामा रंगेहात पक्राउ परेपछि खोरमा राखेर नदीमा फ्याँकिएको छ ।
त्यहाँको सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल भइरहेको छ । प्रहरीले घटनामा संलग्न चार आरोपितलाई पक्राउ गरेको छ ।
चीनमा प्राचीनकालमा पनि विवाहेतर सम्बन्धको अपराधमा यस्तै सजाय दिने गरिन्थ्यो । खोरमा राखेर मानिसलाई फाल्दा उसको मृत्यु हुने गर्थ्यो ।
पत्नीलाई धोका दिइरहेको पुरुषलाई खाटबाट मानिसहरूले समातेका थिए । त्यसपछि उसलाई बाँसको खोरभित्र बाँधेर राखिएको थियो ।
घटना शुक्रवार बिहान उत्तरी चीनको माओमिङ शहरमा भएको हो । युवक नदीमा फालिएको केही समयपछि निस्कन सफल भएकाले ज्यान बच्यो ।
उसलाई गम्भीर चोटपटक लागेन तर उपचारका लागि अस्पताल लगियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी