×

NMB BANK
NIC ASIA

बर्दिबास घटना : मृत बालिकाको पोस्टमार्टम सम्पन्न, शब आजै परिवारले बुझ्ने

हत्याको कारण सहित सम्पूर्ण तथ्य प्रमाण सहित पत्ता लागेको चिकित्सकको भनाई

मंसिर १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरीको बर्दिबास स्थित हत्या गरिएको ६ बर्षीया बालिकाको पोस्टमार्टम रिपोर्ट प्रादेशिक अस्पताल जनकपुरले आज प्रहरीलाई लिखित रूपमैं पठाउने तयारी गरेको छ ।

Muktinath Bank

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा. रामदेब चौधरीको अध्यक्षतामा गठित ६ सदस्यीय मेडिकल बोर्डले नै शबको पोस्टमार्टम (शब परीक्षण) गरेको छ । गत मंसिर ७ गते बर्दिबास नगरपालिका वडा नम्बर १४ निबासी साहिद अन्सारीकी ६ बर्षीया छोरी गुलाबसा खातूनको हत्या गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हत्या गरिएका बालिकाको शबको शबपरीक्षणको काम हिजो बिहीबार नै सम्पन्न भएको थियो,’ डा. चौधरीले लोकान्तर सँग भने,‘करीब डेढ घण्टा लगाएर गरिएको शरीरको सम्पूर्ण भागको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाईएको छ ।’


Advertisment
Nabil box
Kumari

हत्या किन भएको हो, जबर्जस्ती करणी गरिएको हो वा होईन लगायत बिभिन्न किसिमको परीक्षण गरेर पता लगाउनु पर्ने सम्पूर्ण कुराहरूको लागि प्रमाण सहित पत्ता लागिसकेका कारण भिसेरा ननिकालिएको समेत उनले खुलाए । ‘शरीरमा बिषालु पदार्थ पनि छ की छैन भन्ने कुराको आशंका लागे पछि मात्र भिसेरा निकालेर थप परीक्षणका लागि विधी बिज्ञान प्रयोगशाला काठमाडौंमा पठाउनु पर्ने हुन्छ,’ उनले भने,‘तर, यो घटनामा पत्ता लगाउनु पर्ने कुराहरु त्यसै पत्ता लागेका कारण त्यो गरिरहनु आवश्यक परेन ।’ 

Vianet communication
Laxmi Bank

मृत बालिकाको शबलाई अस्पतालको फ्रिजमा राखेको कारण शब परीक्षण गर्न कुनै समस्या नभएको समेत उनले खुलाए । पोस्टमार्टम पश्चात पनि शबलाई फ्रिजमा सुरक्षित राखिएको उनले बताए । ‘मृतक बालिकाको परिवारजनले हाल सम्म सम्पर्क नगरेको तथा शब लिन नआएको कारण हाल सम्म प्रादेशिक अस्पतालको शब गृहमा नै शब सुरक्षित तरिकाले राखिएको छ,’ डा. चौधरीले भने,‘शबपरीक्षणको सम्पूर्ण रिपोर्ट प्रमाण सहित गोप्य रुपमा खामबन्दी गरेर प्रहरीलाई आज जिम्मा लगाउनेछौँ ।’

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार शबको पोस्टमार्टम हिजो नै सम्पन्न भए पनि किटानी जाहेरी लगायतको काम बाँकी रहेका कारण शब परिवारजनलाई जिम्मा लगाइएको थिएन । तर, अहिले किटानी जाहेरी लेख्ने तथा दर्ता गराउने प्रक्रिया केही बेरमा सम्पन्न भई सके पछि परिवारजनलाई शब जिम्मा लगाइने पहल शुरू भई सकेको उनले बताए । 

बालिका हत्याको आरोपमा महोत्तरीको गौशाला घर भएको अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x