निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे ठोस कार्ययोजना बनाइ पेश गरिने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विभिन्न निर्णय गरेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरि गठित उच्चस्तरीय सहजीकरण समितिका बैठकले विभिन्न निर्णय गरेको हो । 


Advertisement

निर्णयमा कार्यदिशाका सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, लगानी बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्वद्ध पदाधिकारीहरू बसी कम्तिमा एक वर्षको कार्यतालिका सहितको ठोस कार्ययोजना बनाइ पेश गर्ने र सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने तोकिएका छ । 

त्यस्तै डिभिजन वन कार्यालय, बाराद्वारा वरिपरी निर्माणका निम्ति यस अघि नै गणना सम्पन्न गरिएका ४,२३२ रुख कटानका सम्बन्धमा समितिको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयलाई ताकेता गर्ने छ भने बस्ती स्थानान्तरणका सम्बन्धमा सुझाव दिन गठित भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वको समितिले हालसम्म गरेका कार्यहरुको आधारमा स्थानीय एवं प्रदेश सरकारसमेतको अपनत्व हुने गरी वस्ती स्थानान्तरणका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने कृयाकलापहरूको ठोस विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश उल्लेख गरेको छ ।


Advertisement

बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण आयोजना कार्यालयको स्तरोन्नति गरी हाल कार्यरतभन्दा कम्तिमा दुई तह माथिको आयोजना प्रमुख खटाउने निर्णय समेत गरेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्