×

NMB BANK
NIC ASIA

इयुको उडान प्रतिबन्ध चाँडै हट्छः पर्यटनमन्त्री भट्टराई

मंसिर १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् ।

Muktinath Bank

नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडी रहेको भन्दै मन्त्री भट्टराईले अझै पनि नेपाललाई इयूले उडान प्रतिबन्ध गराइ राख्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले इयूको सुरक्षा चासो अनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने दाबी गर्नुभयो ।


Advertisment
Nabil box
Kumari

     पर्यटनमन्त्री भट्टराईले भने, “युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथी छौ, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ । त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन ।”  

Vianet communication
Laxmi Bank

उनले इयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताउनुभयो । पर्यटनमन्त्री भट्टराईले कानुनी प्रक्रिया पुरा गरी चाडै नै इयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गर्नुभयो ।

प्राधिकरण विभाजन सम्बन्धी विधेयक चाँडै टुङ्गिने

प्राधिकरण विभाजन सम्बन्धी विधेयक संसदको राष्ट्रियसभामा पेश भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको जानकारी दिदै चाडै  प्रतिनिधि सभामा पनि विधेयक पेश गरिने जानकारी दिए। उनले नेपालको उडान सुरक्षा दक्षिण एशियामा उत्कृष्ट भएको बताउदै आगामी दिनमा दुर्घटनादरलाई शून्यमा झार्नेगरी काम गर्न प्राधिकरणका कर्मचारी तथा एयरलाइन्सलाई निर्देशन दिए।

प्राधिकरणका अनुसार नेपालको उडान सुरक्षादर अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको ६० प्रतिशत भन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ । जबकी आइकाओ अन्तर्गका कतिपय मुलुकले यो स्तर कायम गर्न सकेका छैनन् । एशिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ ।

मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्र ग्लोवल सदस्य भएकाले देशभित्रको दायित्व र अन्तराष्ट्रिय नियम र बाध्यतालाई सँगै परिपालना गर्नुपर्ने भएको अवस्थामा पनि पछिल्लो समय हवाई उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको र दुर्घटनादर पनि घटेको बताउनुभयो ।

पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ को सङ्क्रमणका बेला नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक दिन पनि बन्द नभई निरन्तर रुपमा सेवाप्रबाह भएको उल्लेख गर्दै अन्तराष्ट्रिय नियमित उडानतर्फ हाल बाँकी गन्तव्यको उडान पनि छिट्टै सञ्चालन गरिने जानकारी दिए । मन्त्रिपरिषद्को हालैको बैठकले उडान प्रतिबन्ध मुलुकहरुमा उडान सुचारु गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको ग्लोवल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशत भन्दा माथी नेपालको प्रगति रहेको र यो स्तरदरलाई ७५ पुर्‍याउले लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्ला तीनवर्षमा हवाई दुर्घटनादर औषतमा वर्षमा एक दुर्घटना र सात जनाको निधन हुने गरेको छ ।

प्राधिकरणले सन् २०१७ देखि एभिएसन सेफ्टी रिपोर्ट हरेक वर्ष सार्वजनिक गर्दै आएको छ । नेपाल हवाई उडान सुरक्षाको क्षेत्रमा प्रगतिशील र पारदर्शी छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि रिपोर्ट सार्वजनिक गर्ने गरिएको प्राधिकरणले जनाएको छ ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x