हत्या अभियोगमा एक जना पक्राउ

नेपाल प्रहरीले मातातीर्थका सानोकाजी तामाङको हत्यामा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले वि.सं २०७० पुस २१ गते मातातीर्थका सानोकाजी महर्जनको हत्यामा सङ्लग्न मातातीर्थकै २८ वर्षीय विशाल तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 


Advertisement

परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले उच्च अदालत पाटनको २०७४ को आदेशअनुसार १८ वर्ष तीन महिना १७ दिन कैद फैसलापछि फरार रहेका विशाललाई बिहीबार मकवानपुरको हेटौँडाबाट पक्राउ गरिएको जानकारी दिए ।

मकवानपुरको बासपानीमा लुकेर बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Advertisement

हत्यामा संलग्न मृतककी श्रीमती पूर्णलक्ष्मी तामाङ भने हालसम्म पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्