×

NMB BANK
NIC ASIA

स्वास्थ्य मन्त्रालयले भन्यो– स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराउनू

मंसिर १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ ।  

Muktinath Bank

आज मन्त्रालयको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिड–१९ को विरुद्धमा काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता सबै अस्पताललाई पठाइसकेकाले यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार मन्त्रालयले असोजसम्मको कोभिड सङ्क्रमितको उपचार खर्चसहित जोखिम भत्ता रु ६६ करोड ८७ लाख ४५ हजार अस्पतालमा पठाइसकेको छ । मन्त्रालयले कात्तिकको जोखिम भत्ता र सङ्क्रमितको उपचार खर्चको रकम पठाउने क्रममा रहेको छ । 


Advertisment
Nabil box
Kumari

मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो विभिन्न सञ्चारमाध्यमा आएका प्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । 

Vianet communication
Laxmi Bank

‘कोभिड–१९ अस्पताललाई ‘कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउने आदेश–२०७७’ बमोजिम कोभिड–१९ सङ्क्रमितको प्रति बिरामी प्रतिदिनका हिसाबले असोज मसान्तसम्मको रकम निकासा भइसकेको छ ।

उनले निर्देशन दिँदै भनेका छन्, “निकासा भएको सोही रकमभित्रै स्वास्थ्यकर्मीको जोखिम भत्तासमेत समावेश गरी पठाइएकाले कोभिड–१९ का क्रममा खटिएर निर्देशिकाअनुसार भुक्तानी नगर्ने नगराउने कोभिड अस्पताल सबैलाई निर्देशिका बमोजिम यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन गरिन्छ ।”

सरकारले कोभिड–१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ अनुसार जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिलाई जोखिम भत्ता वितरण गर्ने भएको थियो । कोभिड–१९ को रोकथाम र उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने आदेशमा भनिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x