×

NMB BANK
NIC ASIA

बढ्न थाल्यो आगलागीका घटना, सावधानी अपनाउन अनुरोध

मंसिर १२, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ ।

Muktinath Bank

उक्त घट्नामा परी झण्डै रु एक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आगलागीका घटना भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमध्ये सोलुखुम्बुमा पढ्ने क्रममा आगलागी हुँदा एक बालिका घाइते नै भएकी छिन् । केही ठाउँमा ग्यास चुहिएर त केही स्थानमा विद्युत्् चुहिएर आगलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आगो सल्किएको छ ।


Advertisment
Nabil box
Kumari

दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आगलागी भएको र झण्डै रु ७० लाखको क्षति भएको जनाइएको छ । तेह्रथुमको आठराइस्थित एक घरमा आगलागी हुँदा रु १५ लाखको क्षति भएको जनाइएको छ । कञ्चनपुरको एक लुगा सिउने पसलमा आगलागी हुँदा रु चार लाखको क्षति भएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

प्राधिकरणका प्रवक्ता गौतमले आगलागीका घटना बढ्न थालेकाले आगोमा काम गर्दा र आगोले टिप्ने सामग्रीको व्यवस्थापनमा विशेष ख्याल गर्न अनुरोध गरेका छन् । उनले विद्युत्ीय सामग्री र ग्यासको सावधानीमा ध्यान दिनसमेत सर्वसाधारणसँग अनुरोध गरे ।

यसअघि बिहीबार पनि काठमाडौँसहित विभिन्न सात जिल्लामा आगलागीका घटना भएको थियो । बुधबार चार जिल्लामा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । गौतमले मुलुकमा भौतिक क्षति र घटना सङ्ख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घटना बढी हुने गरेको बताए ।

अहिले प्राधिकरणले घटना न्यूनीकरणका लागि आवश्यक तयारमिा लाग्न जिल्लाजिल्लामा निर्देशन सर्कुलरसमेत गरिसकेको जानकारी दिए ।

गत वैशाख यता मात्रै एक हजार ४३ आगलागीका घटना भएको प्राधिकरणको अभिलेख छ । उक्त आगलागीमा परी २० जनाको मृत्यु भएको र १८६ जना घाइते भएका छन् भने ४६७ पशुचौपाया क्षति भएको छ । यो बीचमा आगलागीबाट रु ८४ करोड ११ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x