कति पुगे काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

शुक्रबार काठमाडौँ उत्यकामा थप ८२२ जनामा कोरोना संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १२४ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ५९९, ललितपुरका १६० तथा भक्तपुरका ६३ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।


Advertisement

हालसम्म काठमाडौँमा ८६ हजार ३०१, ललितपुरमा १२ हजार ९६४ तथा भक्तपुरका सात हजार ७८९ सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ७८ हजार १६२, ललितपुरमा ११ हजार ३१५ तथा भक्तपुरमा सात हजार ९२ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
हालसम्म काठमाडौँमा ३४२, ललितपुरमा १०३ तथा भक्तपुरमा ८९ जनाको कोरोनाबाट ज्यान गएको छ । शुक्रबार काठमाडौँ उपत्यकामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका सात तथा काठमाडौँका तीन रहेका मन्त्रालयलले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्