×

NMB BANK
NIC ASIA

चीनका रक्षामन्त्री नेपाल आउँदै, यस्तो छ नेपाल-चीन सम्बन्धको इतिहास

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै छन् । परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनीसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी आइतबार साँझ नै स्वदेश फर्कने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।


Advertisment
Nabil box
Kumari

नेपाल–चीन सम्बन्ध

Vianet communication
Laxmi Bank

नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो ।

त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाएका थिए । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ ।

बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महत्वपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि उनको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् ।

प्राचीन चीनका जिन वंशजका चिनियाँ भिक्षु फा जियानको भ्रमण र टान वंशजका भिक्षु जुआन ज्याङको भ्रमणलाई नेपाल–चीन सम्बन्धमा इतिहासका उल्लेखनीय घटना मानिन्छ । नेपाल र चीनका सरकार प्रमुखबीच ऐतिहासिक कालखण्डमा ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास छ ।

दुई देशले सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्धलाई औपचारिकता दिएपछि द्विपक्षीय कूटनीतिक मर्यादामा रही सम्बन्ध अगाडि बढ्दै आएको छ । दुवै देशले आपसी सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य गर्दै आएका छन् ।

यसैगरी दुवै देशले एकअर्काको सम्मानलाई मुख्य रूपमा प्राथमिकता दिँदै आएका छन् । पछिल्लो ६५ वर्ष लामो आधुनिक सम्बन्धमा असल छिमेकीपनका साथ सुख–दुःखमा एकअर्काको साथमा रहँदै आएका छन् ।

नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर साँध सिमाना जोडिएको छ । त्यसलाई विभिन्न समयमा भएका सन्धि सम्झौताले सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ । व्यापारिक सम्बन्धतर्फ भने सन् १८५६ को थापाथली सन्धिअघि नै ल्हासामा नेपालका वकिल बस्थे । पछि चीनको स्वशासित क्षेत्रभित्र तिब्बत रहन थालेपछि सन् १९५६ देखि नै तिब्बतमा नेपालको महावाणिज्यदूत रहेको छ ।

चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने दिशामा अग्रसर छ । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीको उच्च स्तरीय भ्रमण नेपालमा भएको थियो ।

गत वर्ष उनीहरूले नेपालको भ्रमण गर्दा अब नेपाल–चीन सँगसँगै विकासको बाटोमा केन्द्रित हुने उद्घोष गरेका थिए । उनीले सहमति र सम्झौता गर्नेभन्दा पनि कार्यान्वयनमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने औँल्याएका थिए ।

त्यसबेला नेपाल चीन विकासको नयाँ खाका कोर्दै २० वटा समझदारी पत्रमा दुई देशका राष्ट्रपतिले हस्ताक्षर गरेका थिए । अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु हुँदा बहुआयामिक विकासका रूपमा रहेको बीआरआई परियोजनाको सदस्य बनेर विकास साझेदार बन्ने बाटो खुला गरेका थिए ।

सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन १९ देखि २४ सम्म चीनको भ्रमण गरेका थिए ।

चीनका प्रधानमन्त्री ली खच्याङको निमन्त्रणमा गएमन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।

सो क्रममा द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन थप पहल भयो । सोही समयमा रेल्वे परियोजना लगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता भएको थियो ।

चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्गको अध्ययन सकेर केरुङबाट काठमाडौँसम्म ८० किलोमिटर रेलमार्ग बनाउन गृहकार्य भइरहेको छ । नेपाल–चीनबीच ट्रान्स हिमालयन कनेक्टिभिटी, बीआरआई परियोजनालगायत दर्जनौँ विकास निर्माणका परियोजनामा काम भइरहेको छ । साथै भूकम्प पछिको पुनर्निर्माणमा सघाउँदै चीनले दरबार हाई स्कुल, मठमन्दिर, विमानस्थल, विभिन्न नाका निर्माण गरेर हस्तान्तरणसमेत गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार नेपालमा प्रत्यक्ष लगानीकर्ताको हिसाबले चीन पहिलो मुलुक हो । दोस्रो उच्च लगानीको साझेदार भारत, तेस्रोमा अमेरिका, चौथोमा जापान र पाँचाँैमा यूएई रहेका छन् । आयाततर्फ उच्च पाँच साझेदारमा पहिलोमा भारत र दोस्रोमा चीन पर्छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x