×

NMB BANK
NIC ASIA

ओली प्रचण्डको दोहोरी : 'तपाईंको बाटो संवाद कि विग्रहको ?’ - ओली, तपाईंमा अझै अहंकार र दम्भ हटेन - प्रचण्ड

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

-
(काठमाडौं) - नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोपको एक–एक जवाफ दिँदै संवाद वा विग्रहको बाटो रोज्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । दाहालले गत कात्तिक २८ गते प्रस्तावका रूपमा १९ पृष्ठको दस्ताबेज ल्याएपछि त्यसको प्रतिवादमा ओलीले शनिबार सचिवालय बैठकमै पेस गरेको ३८ पृष्ठ
लामो दस्ताबेजमा वारपारकै अवस्थामा पुगिएका
अनेक प्रसंग उल्लेख गरिएका छन् । बितेका २९ महिनादेखि ८ लाख नेता–कार्यकर्ताको संयुक्त नेतृत्व गर्दै आएका अध्यक्षद्वय लिखित आरोप–प्रत्यारोप गर्दै वार कि पारको अवस्थामा पुगेका हुन् ।
ओलीले पार्टी एकता हुनुभन्दा अघिका विषयवस्तुसमेतलाई स्मरण गराउँदै दाहालले यसबीचमा निर्वाह गरेको भूमिका र उनको कार्यशैलीमाथि टिप्पणी गरेका छन् । कतिपय प्रश्नको जवाफ दिँदै र कतिपय ठाउँमा दाहालमाथि नै संगीन आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सोधेका छन्, ‘पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरूको ?’ उनले अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेलेको विश्लेषण गर्दै समयले यसको उचित हिसाब गर्ने बताएका छन् । ‘पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपाईंले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ?’ दाहाललाई ओलीको प्रतिप्रश्न छ ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्ताबेज पेस गरेपछि अध्यक्ष दाहालले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताएका छन् । उनले बैठकमै ओलीलाई पार्टी विभाजनको नाइकेका रूपमा चित्रित गरे । ओलीले दाहाल नै पार्टी विखण्डनको दिशातर्फ उन्मुख भएको निचोडसहितको प्रस्ताव पेस गरेपछि दाहालले आफूले अहिलेसम्म त्याग गर्दै आएको र ओलीले पार्टी विभाजनका लागि विभिन्न हर्कत गरेर जनतालाई धोका दिएको आक्षेप लगाए ।
‘तपाईंमा गल्ती सच्याउने तत्परता छैन, यो दस्ताबेजमा पनि अहंकार र दम्भ छ,’ दाहालले बैठकमा भने, ‘मिल्न खोजेजस्तो छैन ।’ दाहालले गत वर्ष केन्द्रीय कमिटी बैठकपछि राजधानीको पशुपति भिजन कम्प्लेक्समा ओली पक्षका व्यक्तिहरू बसेर एमाले ब्युँत्याउने प्रयास गरेको र त्यही पृष्ठभूमिका आधारमा दल विभाजन गर्ने अध्यादेश ल्याएको आरोप लगाए ।
ओलीले दाहालको प्रस्तावमाथि
जवाफी प्रस्ताव पेस गरेपछि अब यी दुवै प्रस्तावबारे आउँदो सचिवालय बैठकमा नेताहरूबीच छलफल हुने भएको छ । नेकपा सचिवालयको बैठक आउँदो १६ गतेका लागि बोलाइएको छ । उक्त बैठकपछि दुवैका दस्ताबेजलाई कसरी
अघि बढाइन्छ, त्यसैमा नेकपाको भविष्य निर्धारण हुनेछ । धेरै नेताहरूले दुवै अध्यक्षका दस्ताबेजलाई मिलाएर दुवै सच्चिने गरी पार्टी एकतालाई जोगाइराख्नुपर्ने दबाब दिएका छन् । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x