×

NMB BANK
NIC ASIA

कोभाक्स सुविधाबाट खोप ल्याउन विवरण पठाइँदै

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपालले कोभाक्स सुविधाअन्तर्गत सहुलियत दरमा समयमै कोभिड–१९ को खोप पाउन सम्बन्धित निकायमा प्राविधिक विवरण पठाउने तयारी गरेको छ ।

Muktinath Bank

कोभाक्सले आफूसँग आबद्घ १८६ मुलुकलाई खोपसँग सम्बन्धित प्राविधिक जानकारी पठाउन भनेपछि सरकारले तयारी थालेको हो । मुलुकमा खोपका लागि भएको कोल्ड चेनको अवस्था र सञ्चारलगायतका जानकारी अनलाइनबाट छिटो पठाउन भनिएकाले प्राविधिक जानकारी दिने अन्तिम तयारीमा पुगेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सजिलै कोभिड खोप पाउनका लागि विभिन्न मुलुकको समूह तयार पारेको छ । डब्लूएचओले यो समूहलाई कोभाक्स अर्थात् ‘ग्लोबल भ्याक्सिन फेसिलिटी’ नाम दिएको छ । सन् २०२१ सम्म प्रभावकारी कोभिड खोपको दुई अर्ब मात्रा वितरण गर्ने कोभाक्सको लक्ष्य छ । कोभाक्समा थुप्रै गरिब र धनी देश जुटेका छन् । यसको समग्र उद्देश्य कोभिड महामारी रोक्न खोप, उपचार, परीक्षण र अन्य स्रोत बृहत् रूपमा उपलब्ध गराउनु हो ।


Advertisment
Nabil box
Kumari

हाल कोभाक्समा सहभागी १८६ मुलुकमध्ये ९२ न्यून र मध्यम आय भएका राष्ट्र छन् । नेपाललाई न्यून आय भएको मुलुकमा राखिएको छ । युनिसेफका अनुसार कोभाक्स सुविधाअन्तर्गत न्यूनतम २ अर्ब खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग बोलपत्र आह्वान गरेर प्रस्ताव मागिएको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)’ को व्यवस्थापनमा कोभाक्स सुविधाअन्तर्गत खोप आपूर्ति गर्ने योजना बनाइएको हो । हाल विश्वमा कोभिडविरुद्घ १५४ वटा खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोगको चरणमा रहेको गाभीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

यस्तै, २१ वटा खोप पहिलो चरणको ट्रायलअन्तर्गत स्वस्थ युवामा र १३ वटा खोप दोस्रो चरणअन्तर्गत मानिसको ठूलो समूहमा परीक्षण भइरहेको छ । १० वटा खोपको प्रभाव हेर्न अन्तिम अर्थात् तेस्रो चरणको बृहत् अन्तर्राष्ट्रिय परीक्षण भइरहेको छ । हालसम्म कुनै पनि खोपले सामान्य उपयोगका लागि स्वीकृत र लाइसेन्स भने पाएको छैन ।

‘कोभाक्सबाट मुलुकको जनसंख्याको २० प्रतिशतका लागि सहुलियत दरमा खोप आउनेछ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘खोपको एक मात्राको १.६ देखि २ डलर लाग्न सक्ने भनिएको छ ।’

समूहमा आबद्घ मुलुकको जनसंख्याको २० प्रतिशतबाहेकका लागि समेत कोभाक्स सुविधाकै मूल्यमा खोप दिन सकिनेबारे समेत छलफल थालिएको डा. गौतमले बताए । मन्त्रालयका एक पदाधिकारीका अनुसार एक मात्राको १.६ देखि २ डलरसमेत तिर्न नसक्ने मुलुकका लागि के गर्ने भन्ने विषयमा समेत छलफल सुरु भएको छ । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x