सुरक्षा संवेदनशीलताको हिसाबले जेललाई अति संवेदनशील स्थान मानिन्छ ।
जेलमा सुरक्षा, कैदीका लागि खानपानलगायतका व्यवस्था हुन्छ । संसारमा यस्तो पनि जेल छ त्यहाँ एकै कदीका लागि मात्रै यति धेरै करोड खर्च गरिन्छ । यो जेल क्यूबामा रहेको छ । जुन संसारकै सबैभन्दा महँगो जेलको रूपमा परिचित छ ।
उक्त जेलको नाम ग्वांतानमो बे रहेको छ । यस चर्चित जेल ग्वांतानमो खाडीको तटमा रहेको छ । न्यूयोर्क टाइम्सका अनुसार, यस जेलमा अहिले ४० कैदी रहेका छन् । यहाँ हरेक कैदीका लागि प्रतिवर्ष ९३ करोड खर्च हुने बताइएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यहाँ एक कैदीका लागि ४५ सैनिक खटाइएको छ भने जम्मा १८ सय कैदी खटाइएको बताइएको छ ।
यस्तै, जेलमा ३ अस्पताल रहेको छ भने २ खुफिया मुख्यालय रहेको बताइएको छ । यसबाहेक वकिलको लागि छुट्टाछुट्टै कम्पाउन्डको व्यवस्ठा गरिएको छ ।
एजेन्सी