×

NMB BANK
NIC ASIA

किन जागिर छाड्छन् प्रहरी ? एक पूर्व डीएसपी भन्छन्– 'नेता र हाकिमको चाकडी गर्नुभन्दा विदेशिएँ'

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने विषयलाई लिएर विवादमा तानिएका तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले २०७४ असोज २१ मा राजीनामा दिए । 

Sagarmatha Cement
Muktinath Bank

आफू आईजीपीको प्रमुख दाबेदार हुँदाहुँदै अन्याय गरी अरूलाई नै आईजीपी बनाइएको जिकिरसहित उनले राजीनामा दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाश अर्याल आईजीपी बनेपछि प्रहरी सेवा छाडेका सिलवाल तत्कालीन नेकपा एमालेमा प्रवेश गरे । हाल उनी नेकपाका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का सांसद् हुन् ।


Advertisment
Nabil box
Kumari

२०७४ सालमै राजीनामा दिनेमा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) शीला कंशाकार पनि छिन् । प्राविधिकतर्फकी कंशकारले पनि प्रहरी सेवाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन् ।

Vianet communication
Laxmi Bank

सोही वर्ष अर्का डीआईजी रमेश खरेलले पनि राजीनामा दिए । आईजीपी बन्ने दौडमा रहेका खरेलले आफूले मौका नपाउने बुझेपछि राजीनामा दिएका थिए । 

ठूला पदमा पुगेर राजीनामा गर्ने यी प्रहरी अधिकारीहरू त उदाहरण मात्र हुन् । पछिल्लो समय सेवाबाट राजीनामा दिने प्रहरीको संख्या बढिरहेको छ ।

प्रहरीको जागिर छाड्ने बढ्दै 

जनताको जिउधनको सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीमा पछिल्लो समयमा राजीनामा दिनेको संख्या निकै बढेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ ।

२०७४ सालमा २.४५ प्रतिशत प्रहरीले राजीनामा दिएकोमा २०७५ आइपुग्दा त्यो संख्या ४.८३ प्रतिशत पुगेको छ । अर्थात् ०७४ मा भन्दा पछिल्लो वर्ष झण्डै दोब्बरले राजीनामा दिएका छन् ।

२०७४ सालमा ३ जना डीआईजी, २ जना एसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ६३ जना सई, २०२ जना असई, १२ सय ५६ जना हवल्दार, २ सय ११ जना जवान र १८ जना कार्यालय सहयोगी गरी १ हजार ७ सय ८१ जनाले राजीनामा दिएका थिए ।

०७५ सालमा ७ जना डीएसपी, १५ जना इन्स्पेक्टर, १ सय १३ जना सई, ३ सय ६६ जना असई, २ हजार १ सय ३६ जना हवल्दार, ९ सय २५ जना जवान र १ सय १ जना कार्यालय सहयोगी गरी ३ हजार ६ सय ५६ जनाले राजीनामा दिँदै जागिर छाडे । 

त्यसअघि २०७१ सालमा एकजना एसएसपी सहित १ हजार ७ सय २३ जनाले जागिर छाडे । जसमा ६ जना डीएसपी, २० जना इन्स्पेक्टर, १ सय ११ जना सई, ३ सय ३९ जना असई, ८ सय ४७ जना हवल्दार, ३ सय ६८ जना जवान र ३१ जना प्रहरी कार्यालय सहयोगी गरी १ हजार ७ सय २३ जनाले राजीनामा दिए ।

२०७२ सालमा ३ जना डीएसपी, १९ जना इन्स्पेक्टर, १ सय ३ जना सई, २ सय ८६ जना असई, ४ सय ७० जना हवल्दार, ३ सय २१ प्रहरी जवान र ४२ जना कार्यालय सहयोगी गरी १ हजार २ सय ५२ जनाले राजीनामा दिए ।

०७३ सालमा एकजना एसएसपी, एक जना डीएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सई, ३ सय ४ जना असई, ५ सय ३५ जना हवल्दार, १ सय ३५ जना जवान र ३५ जना कार्यालय सहयोगी गरी ११ सय ६० जनाले राजीनामा दिए । 

आर्थिक वर्ष २०७६/७७ मा २ हजार ७७ जनाले जागिर छाडेका छन् । एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), प्रहरी उपरीक्षक (एसपी) १ जना, प्रहरी नायब उपरीक्षक (डीएसपी) ३ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ११ जना, प्रहरी नायब निरीक्षक (सई) १२९ जना, प्रहरी सहायक निरीक्षक (असई) ३२३ जना, प्रहरी हवल्दार १ हजार ३२७ जना, प्रहरी जवान, २३४ जना र प्रहरी कार्यलय सहयोगी ४८ जना छन् । 

कोरोनाकालमा पनि रोकिएन राजीनामा दिनेको संख्या

कोरोनाभाइरसको महामारीका समयमा पनि प्रहरी सेवाबाट राजीनामा दिनेका संख्या रोकिएको देखिँदैन । 

पछिल्लो ४ महिना अर्थात् साउनदेखि कार्तिकसम्म २७ जनाले जागिर छाडेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।

जसमध्ये असई ९ जना, हवल्दार १२ जना र प्रहरी जवान ६ ले लकडाउनको अवधिमा प्रहरी सेवाबाट राजीनामा दिएको प्रहरीको तथ्यांक छ ।

यसरी ०७१ देखि २०७७ सालको कात्तिकसम्म आइपुग्दा १० भन्दा धेरैले हजार जनाले प्रहरीको सेवा त्यागेको देखिन्छ । 

परिवार चलाउनै मुस्किल पहिलो

त जागिरबाट आउने तलबले घरपरिवार खर्च चलाउन मुस्किल पर्नु नै हो । अझ पछिल्लो समयमा कोरोना भाइरसका कारणले गर्दा आर्थिक अवस्था कमजोर भएपछि सेवाबाट राजीनामा दिएर अन्य रोजगारीका अवसरहरू खोज्न थालेको देखिन्छ ।

कोरोनाभाइरसका कारणले खस्कँदो आर्थिक अवस्था, दिनानुदिन बढ्दो महंगी र बढ्दो आवश्यकताले गर्दा सेवाबाट आउने तलबले घर खर्च चलाउन नपुग्ने कारणले जागिर छाड्ने संख्यामा वृद्धि भएको प्रहरीका एक उच्च अधिकारीले बताउँछन् । 

उनले भने, ‘प्रहरीको सेवाबाट घर खर्च चलाउन सकिँदैन । अझ यो महामारीले झन गाह्रो बनाएको छ । यस्तो महंगी छ यसले गर्दा तलब त छोरा र छोरीको विद्यालय खर्चमै सकिन्छ, अरू कुरा कसरी चलाउनु ?’  यसरी ठूलो संख्यामा प्रहरीहरूले जागिर छाड्नुको अर्को कारण राजनीतिकरण पनि भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल प्रहरीमा अत्याधिक राजनीति छ, जसले गर्दा राम्रो काम गर्नेहरू पछि परेका छन् । नेताको चाकडी गर्नेहरू अगाडि आएका छन् । प्रहरी संगठनलाई स्वतन्त्र रूपमा चल्न दिने हो भने धेरै राम्रो काम गर्न सक्छन् ।’ 

चाकडी गर्नु भन्दा विकल्प खोजेँ

प्रहरी सेवाको सम्पूर्ण समयमा बढुवा र सरुवाका लागि अरूको चाकडी गर्दागर्दै आफ्नो काम गर्न सक्ने उमेर जाने भएकाले पनि कतिपय प्रहरीहरूले जागिर छोडेर तनाब कम हुने जागिर वा वैदेशिक रोजगारीको बाटो रोज्ने गरेको राजीनामा दिएका एक पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी)ले लोकान्तरलाई बताए ।

‘करिअरको सम्पूर्ण समय कसरी सरुवा हुने, बढुवाका लागि कसको चाकडी गर्ने, कसलाई रिझाउने भनेर सोच्दासोच्दै जान्छ,’ ती डीएसपीले भने, ‘त्यो तनाब लिनुभन्दा अहिले अमेरिका आएको छु, आनन्दले जागिर गरेको छु ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x