चम्कँदै शेयर बजार, कारोबार रकम ९ अर्बमाथि

निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको नेपाली शेयर बजारले आइतवार फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

साताको पहिलाे दिन भएकाे कारोबारमा शेयर कारोबार मापक नेप्से परिसूचक र शेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।


Advertisement

आइतबार नेप्से परिसूचक ३.८० प्रतिशत भन्दा धेरैले बढेर १ हजार ९ सय ६० अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यसैगरी शेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबार नै तोडिएको हो ।


Advertisement

बैंक, विकास बैंक, जीवन बिमा लगायतका समूहका लगानीकर्ताहरुले कमाएका छन् । बजारमा उल्लास देखिए पनि व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्