न्युजील्यान्डको भ्रमण गरिरहेको वेस्ट इन्डीज टोलीले आइतवार सम्पन्न दोस्रो टी२०मा ७२ रनको विशाल पराजय बेहोरेको छ ।
टस हारेर ब्याटिङ गरेको न्युजील्यान्डले निर्धारित २० ओभरमा २३८ रनको विशाल स्कोर बनायो । उसका लागि ग्लेन फिलिप्सले जम्मा ५१ बलको सामना गर्दै १०८ रन बनाए ।
डेभोन कनवेले ३७ बलमा ६५ रन बनाएर टीमको स्कोर बढाउन योगदान दिए ।
जवाफमा वेस्ट इन्डीजले नौ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । उसका लागि सर्वाधिक स्कोर कीरोन पोलार्डको २८ रन रह्यो ।
न्युजील्यान्डका सबै बलर विकेट लिन सफल भए ।
शतक बनाएका फिलिप्स म्यान अफ द म्याच घोषित भए ।
तेस्रो टी२० सोमवार खेलिनेछ ।
एजेन्सी