बलात्कारको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णदास गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत विराटनगरको आदेशलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले शुक्रवार उच्च अदालतको आदेशलाई सदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश उच्च अदालतले उल्ट्याएपछि गिरी सर्वोच्च पुगेका थिए ।
गिरीमाथि आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको आरोप छ ।
लोकान्तर संवाददाता