×

NMB BANK
NIC ASIA

स्थानीय पूर्वाधार विकासको बजेटमा अधिकांश सडकका योजना छनोट

मंसिर १५, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रम अन्तर्गत बागलुङका २ निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ ।

Muktinath Bank

जिल्लाका १० वटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकुद लगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रम अन्तर्गत प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख समेतको बैठकले योजना बाँडफाँट गरेको हो । कार्यक्रम अन्तर्गतको ८ करोड बजेटमा स्थानीय तहले केही साझेदारी गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

विगतका वर्षमा टुक्रे बजेटले उपलब्धि हासिल नहुने भन्दै ४ वटा पालिकामा एकमुष्ट बजेटका योजना बनाएको क्षेत्र नम्बर १ ले यो वर्ष टुक्रे योजनामै बजेट बाँडेको छ । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकामा ११ योजनामा बजेट विनियोजन गरिएको छ । ११ योजनामध्ये धौलागिरि बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी, वडा नम्बर १२ मा मदरसा भवन निर्माण र वडा नम्बर ३ मा शहीद पार्क निर्माणको योजना छ भने बाँकी सबै सडक स्तरोन्नतिका योजना छन् । 

Vianet communication
Laxmi Bank

जैमिनी नगरपालिकामा ६ वटा योजनामा बजेट विनियोजन भएको छ । दुर्लिबेंसी खेलकूद मैदान र बोर जैदी खेलकूद मैदानबाहेक जैमिनीमा पनि बाँकी योजना सडक स्तरोन्नतिका छन् । काठेखोला गाउँपालिकामा ९ योजनामा बजेट विनियोजन गरिएको छ । जसमध्ये दुग्ध उत्पादन संकलन केन्द्र, शीतभण्डार निर्माण, मदन स्मृति पार्क निर्माण, भीमसेन क्याम्पसको भवन निर्माण र केही सडकको स्तरोन्नतिका योजना रहेका छन् । 

बरेङ गाउँपालिकामा ४ मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । बरेङमा ३ सडक र १ आमा समूहको भवन निर्माणको योजना छ । क्षेत्र नम्बर १ मा पर्ने स्थानीय तहको साझेदारीमा विविधता छ । बागलुङ नगरपालिकाले ६०, काठेखोलाले १०, जैमिनीले २० र बरेङ गाउँपालिकाले ३० प्रतिशत साझेदारी गर्ने जनाएका छन् । 

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ६ स्थानीय तहमा ३० योजनामा बजेट विनियोजन गरिएको छ । ताराखोला गाउँपालिकाले उपलब्धि देखिने गरी एउटा मात्रै योजनामा स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रम अन्तर्गतको बजेट उपयोग गर्ने भएको छ ।

ताराखोलामा सांस्कृतिक संग्रहालय निर्माणका लागि कार्यक्रम अन्तर्गत ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले अपुग रकम साझेदारी गर्नेछ । गलकोट नगरपालिकामा १० योजना छनोट गरिएका छन् । अधिकांश सडक स्तरोन्नतिका योजना छन् । 

बडीगाड गाउँपालिकामा ९ योजनामा बजेट विनियोजन गरिएको छ । बडीगाडमा विद्यालय भवनदेखि खरको छाना विस्थापन कार्यक्रम प्राथमिकतामा परेका छन् । ढोरपाटन नगरपालिकामा ४ वटा मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । विद्युत् गृह मर्मत, सडक र खानेपानीका योजना प्राथमिकतामा परेका छन् । तमानखोला गाउँपालिकामा २ योजनामा बजेट विनियोजन गरिएको छ । २ योजना नै सडकका छन् । 

निसीखोला गाउँपालिकामा पहिरो रोकथाम, विद्यालय भवन मर्मत र सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रम अन्तर्गत निसीखोलामा ४ योजनामा बजेट विनियोजन गरिएको छ । ‘जनताका आवश्यकताका विषयमा छलफल गरेर बजेट बाँडेका छौं,’ प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले भने, ‘विगतका वर्षमा जस्तो यो वर्ष ठूला योजनामा मात्रै बजेट बाँडेर जान सकिएन्, जनताका गुनासा धेरै आए ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x