कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
करीब साढे ३०० वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ ।
जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका संयोजनक नवीन गोर्खालीले जानकारी दिए ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले पहिलो दिन चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरू हुने परम्परा छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म ४ दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरूआत गराएको विश्वास गरिन्छ ।
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ अर्थात् कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाउने परम्परा छ । चन्द्रविनायक उपत्यकाका ४ विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता समेत छ ।
पूर्णिमाका दिन बेलुकी सोमवार मन्दिर परिसरमा धुनी जगाउने विधिसमेत गरिने छ । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन बिहान श्रीचन्द्रविनायक र श्रीभैरवनाथको खट उठाइन्छ ।
जात्राको दोस्रो दिन गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, भटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा र लावा चढाइन्छ । यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ । यसैगरी दोस्रो दिन श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ ।
मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने जात्रा विधि छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ ।
मार्गशीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले श्रीचन्द्रविनायक र श्रीभैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । ४ दिने जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा तृतीयाका दिन दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।
कोरोनाका कारण गत वर्ष चैतदेखि नै चन्द्रविनायक मन्दिर बन्द गरिएको छ । विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । १ महिनामा मन्दिर पुनःनिर्माण सम्पन्न हुने काठमाडौं महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले जानकारी दिए । पुनःनिर्माण सम्पन्न भएपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने तयारी भएको जनाइएको छ ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...