×

NMB BANK
NIC ASIA

विकासमा विलम्ब

कोमामा 'ड्रीम फाप्ला' : गौरचणमा परिणत भयो प्रदेश गौरवको क्रिकेट 'रंगशाला' !

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘हह....फर्के....हट....भाग...’ फाप्ला क्रिकेट मैदानमा गोरु चराइरहेका एक पुरुष कराउँदै थिए ।

Sagarmatha Cement
Muktinath Bank

विभिन्न क्रिकेट प्रतियोगिता हुँदा खेलाडीको सर्पोटमा दर्शकको हूटिङबाट गुञ्जिने फाप्ला क्रिकेट मैदानमा अहिले भने पशु चौपाया र उनीहरूका गोठाला मात्र भेटिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना कहरका कारण खेलकुदसम्बन्धी सम्पूर्ण गतिविधि ठप्प हुँदा अहिले धनगढीको फाप्ला क्रिकेट मैदानको अवस्था दयनीय बनेको छ । 


Advertisment
Nabil box
Kumari

मैदानभरि घाँस उम्रिएको छ । 

Vianet communication
Laxmi Bank

‘डीपीएल’ प्रभावित, गौचरणमा परिणत रंगशाला 

फाप्ला क्रिकेट मैदानमा खेलकूद गतिविधि भइरहन्थे । बर्सेनि धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता पनि यही रंगशालामा आयोजना हुन्थ्यो । तर कोभिड— १९ संक्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यसवर्ष पूर्व निर्धारित मितिमा हुन सकेन । एकेडेमीले कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको भए पनि बढ्दो संक्रमणका कारण प्रतियोगिता सञ्चालन हुन सकेन ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको जानकारी प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदै नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा उल्लेख गर्‍यो । 

प्रतियोगिता शुरू भएसँगै देशमा पहिलोपटक विभिन्न शहरको टीम सहितको फ्रेञ्चाइज क्रिकेटको अवधारणा शुरूआत भएको थियो । 

विभिन्न शहरको नाममा फ्रेञ्चाइज टोली बनाई ती टोलीले खेलाडीहरूको अक्सन (बोलकबोल) गर्दै आ–आफ्नो टीममा खेलाडी भित्र्याउने व्यावसायिक काम समेत  शुरुआत भएको थियो । 

विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।  आयोजकले अहिलेसम्म प्रतियोगिताको नयाँ मिति समेत घोषणा गरेको छैन । खेलकुद गतिविधि ठप्प हुँदा र संरक्षणमा कसैको ध्यान नजाँदा अहिले फाप्ला क्रिकेट मैदान गौचरणमा परिणत भएको छ । त्यहाँ वरिपरिका स्थानीयहरूले अहिले चौपायाहरूलाई त्यहीँ चराउने गरेका छन् । 

कोमामा क्रिकेटको शहर धनगढी 

धनगढी क्रिकेटको शहरका रूपमा परिचित छ। यहाँ बर्सेनि सानाठूला विभिन्न क्रिकेट प्रतियोगिता भइरहन्छन् । स्कूल लेभलका प्रतियोगितादेखि सर्वाधिक पुरस्कार राशिका धनगढी प्रिमियर लिगजस्ता प्रतियोगिता हुने भएकाले पनि यहाँका बालबालिकादेखि वृद्ध–बृद्धा सबैको मुखमा झुन्डिएको छ क्रिकेट । क्रिकेट प्रतियोगिता बढी हुने भएकाले मात्रै हैन क्रिकेटप्रेमीहरू पनि बढी भएका कारण धनगढीलाई क्रिकेटको शहरका रूपमा चिनिन्छ । त्यति मात्रै हैन, धनगढी शहर र धनगढी प्रवेश गर्ने प्रवेश एरियामा रहेका होर्डिङ बोर्ड हेर्दा जो कोहीलाई पनि धनगढी क्रिकेटको शहर भन्न मन लाग्छ । 

धनगढी विमानस्थलबाट बाहिरिनेबित्तिकै एउटा होर्डिङ बोर्डले आगन्तुकलाई अभिवादन गर्छ, ‘क्रिकेटको शहर धनगढीमा तपाईंलाई स्वागत छ ।’ सुदूर पश्चिमको राजधानी मानिने कैलाली जिल्लाको यो नगरपालिका सडक मार्ग हुँदै पुग्नेलाई पनि विभिन्न व्यापारिक उत्पादनका होडिङ बोर्डले यसैगरी स्वागत गर्छन् । अत्तरिया चोक होस् वा भारतीय सीमाको डोके बजार जताबाट धनगढी भित्रिनेलाई पनि होडिङ बोर्डले भन्छन्, ‘क्रिकेटको शहरमा तपाईंलाई स्वागत छ ।’

तर क्रिकेटको शहर धनगढीमा अहिले क्रिकेटको चर्चा हुँदैन । अहिले त बढ्दो कोरोना त्रासका कारण कोरोनाको शहर धनगढी भन्न मन लाग्छ भन्छन् अत्तरियाका गणेश साउद । 
धनगढीमा भइरहने साना–ठूला क्रिकेट प्रतियोगिता नछुटाएर हेर्न पुगिहाल्ने उनी यस वर्ष भने प्रतियोगिताहरू प्रभावित बनेपछि खल्लो महशुस भइरहेको बताउँछन् । 

धनगढीमा क्रिकेटको बढ्दो ‘क्रेज’ले क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइलाई गलत साबित गरेको छ । धनगढीमा क्रिकेट प्रतियोगिता मात्र सञ्चालन हुँदैनन् क्रिकेटकै नामले व्यवसाय पनि सञ्चालनमा छन् ।  क्रिकेटको प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले धनगढीको वनदेवी रोडमा सञ्चालन गरेको ‘द क्रिकेट क्लासिक होटेल’मा प्रवेश गर्दा त्यहाँका टेबल, क्याबिन र सुत्ने कोठा क्रिकेटको अवधारणमा तयार पारिएको देख्न सकिन्छ ।

क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम बढ्दै गएका छन् । सर्वाधिक धनराशि पुरस्कारका महिला क्रिकेट प्रतियोगिता तथा क्लब र विद्यालयस्तरीय दर्जनौँ प्रतियोगिता, लिटिल फ्लावर क्रिकेट प्रतियोगिता र डीपीएल प्रतियोगिता बर्सेनि आयोजना हुन्छन् । तर यस वर्ष भने कोरोना कहरका कारण सबै खेलकुदसम्बन्धी प्रतियोगिताहरू प्रभावित भएपछि क्रिकेटको शहर धनगढी कोमामा गएको छ । 

यद्यपि आठ महिना लामो अन्तरालपछि अब भने खेलकुद गतिविधि शुरू हुने भएका छन् । 
शनिवारबाट कैलालीको धनगढीमा नेपालमै पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज सुरु भएको छ । 

धनगढी उपमहानगरपालिका १३ स्थित खेल मैदानमा शिखर युवा क्लब धनगढीको आयोजनामा रात्रिकालीन सिरिज शनिवार रातिदेखि शुरू भएको हो । 

अन्डर १६ प्रतिस्पर्धाअन्तर्गत रात्रिकालीन क्रिकेटको सम्भाव्यता परीक्षण गर्न पहिलोपटक आयोजना भएको आयोजक क्लबका अध्यक्ष अनन्त बोहराले बताए । 

रात्रिकालीन क्रिकेट सिरिज शुरू भए पनि धनगढीमा अन्य खेलकूद गतिविधि भने शुरू भएका छैनन् ।

अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला योजना 

धनगढीलाई क्रिकेटको राजधानी बनाउने अभियानका मुख्य अभियन्ता सुवास शाही भन्छन्, ‘हामीले केही वर्ष अघिदेखि नै यो अभियान शुरू गरिसकेका थियौँ । औपचारिक रूपमा पनि अघि बढाउन थालिसकेका थियौं । त्यसैले धनगढी क्रिकेटका अभियन्ता शाहीले नयाँ अभियान ल्याएका छन्, ‘ड्रिम फाप्ला’ शाहीको सपना हो ।

उनी भन्छन्, ‘यो मेरो मात्र सपना हैन, ड्रिम फाप्ला सबै धनगढीवासीको सपना हो, जसलाई हामी आफँैले साकार पार्नुछ ।’

‘अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने योजना अब कार्यान्वयनको चरणमा छ’, शाहीले भने, ‘यहाँबाट गर्नुपर्ने सबै काम सकेका छौं । विगतमा भएका बाधा अड्चनका कारण कामले गति लिन पाएको थिएन । अब यस वर्षभित्रै काम गरिसक्छौं । धेरै बजेट फ्रिज गएको छ, अब हुन दिन्नौं ।’

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर, अहिलेसम्म शून्य काम भएको छैन । काम अघि नबढाइएकाले एकातिर बजेट फ्रिज हुँदै आएको छ, भने अर्कातिर फाप्ला मैदान गौचरणमा परिणत भएको छ ।

फ्रञ्चाइजी क्रिकेट प्रतियोगिता गराइँदै आएको धनगढीको फाप्लामा प्रदेश सरकारले अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेपछि स्थानीय खुशी भएका थिए । सरकारले घोषणा मात्र गरेन, गौरवको आयोजनामा राखी बजेटसमेत छुट्ट्यायो । तर, काम भने हुन सकेको छैन । ‘जग्गा प्राप्तिलगायत प्रक्रिया अगाडि बढाइएकै छैन । यसले गर्दा यहाँका खेल प्रेमीमा निराशा छाएको छ,’ धनगढीका स्थानीय अर्जुन कुँवरले भने, ‘सरकारले बर्सेनि बजेट छुट्टाउने तर कार्यान्वयनमा नआउने परिपाटीले खेलप्रेमी चिन्तित बनेका हुन् ।’

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भयो भनेर खुशी भएका स्थानीयमा निराशा छाएको हो । सरकारले निर्माणमा तदारुकता नदेखाउँदा मैदान गौचरमा परिणत भएको स्थानीयको भनाइ छ ।

धनगढी क्रिकेट एकेडेमीले आफ्नै खर्चमा फाप्ला मैदानको स्तरोन्नति गरी दुई पटक फ्रेन्चाइजी लिग गरेको थियो । मैदानमा लगानी गर्न सरकारलाई नैतिक दबाब दिनु पनि एकेडेमीको उद्देश्य थियो ।

प्रदेश सरकारले गौरवको आयोजनामा राखे पनि कुनै काम अगाडि नबढेकाले फाप्ला अहिले गौचरणमा परिणत भएको छ ।

धनगढी उपमहानगरपालिका ३ का अध्यक्ष बलबहादुर ऐरले प्रदेश सरकारले गौरवको आयोजनामा राख्ने तर, कार्यान्वयन नहुने भन्दै टिप्पणी गरे । अब तत्काल काम शुरू हुनुपर्ने उनको माग छ ।

फाप्ला मैदान रहेको जग्गालाई लिएर विवाद भएकाले काम अगाडि बढाउन समस्या भएको प्रदेश सरकारको भनाइ छ ।

शुरूमा सामुदायिक वनको भनेर विवाद भए पनि जग्गा सरकारी भएको स्पष्ट भइसकेको छ तर निर्माणका लागि कसैले पनि अग्रसरता देखाएको छैन । यस वर्ष मैदान निर्माणको काम अघि बढ्ने जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष बाबुराजा श्रेष्ठले दाबी गरे ।

करोडौं बजेट फ्रिज

दुई वर्षमा रङ्गशाला निर्माणका लागि छुटाइएको ५ करोडभन्दा बढी बजेट फ्रिज भइसकेको छ । 

चालू आर्थिक वर्षमा एक करोड मात्र छुट्टाइएको छ । एकातिर बजेट घटाइनु र अर्कातिर कामै शुरू नहुनुले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने प्रदेश सरकारको गौरवको आयोजना कागजमै सीमित हुने त होइन भन्ने प्रश्न उठाउन थालिएको छ ।

क्रिकेटको उर्वर भूमि मानिने सुदूरपश्चिमले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । सो क्षेत्रले भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिंह भण्डारी, दिलिप नाथलगायत क्रिकेट खेलाडी जन्माइसकेको छ । यस्तै ‘अण्डर १९’ टोलीमा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुबोध ऐरलगायत खेलाडी यसै प्रदेशका हुन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x