×

NMB BANK
NIC ASIA

गण्डकीमा ह्वात्तै बढ्यो कोरोना, संक्रमितले पाएनन् प्रभावकारी उपचार

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कास्कीमा कात्तिक २४ गतेसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २ हजार ७१७ थियो । त्यसयता हालसम्म करीब २० दिनको अवधिमा संक्रमितको संख्या बढेर झण्डै दोब्बर पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

संक्रमण नियन्त्रणमा विभिन्न संयन्त्र प्रयोग भइरहे पनि संक्रमित दर घट्नुको सट्टा झन्–झन् बढ्दो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार हाल कास्कीमा सक्रिय संक्रमितको संख्या ३ हजार ४४३ पुगेको हो । प्रदेशमा विभिन्न जिल्लामा पनि कास्कीको तुलनामा कम संक्रमित रहे पनि संक्रमण दरमा भने कमी आएको पाइँदैन । प्रदेशभर हाल ४९०३ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । तीमध्ये तीमध्ये कास्कीमै ७० प्रतिशत छन् । कास्की सदरमुकाम पोखरा प्रदेशकै राजधानी पनि हो । यहाँ जनसंख्याको चाप रहेको पनि ठूलो संख्यामा दिनहुँ संक्रमित भेटिने गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

आइतवार मात्र प्रदेशमा ५१६ पीसीआर परीक्षणमध्ये करीब २० प्रतिशत अर्थात् १०५ संक्रमित थपिएसँगै प्रदेशमा कूल संक्रमितको संख्या ११ हजार ९६७ पुगेको छ । तीमध्ये ६९ सय १० जना निको भएर घर फर्केका छन् भने हालसम्म १५४ जनाको ज्यान गएको छ ।

Vianet communication
Laxmi Bank

गत १ हप्तामा ९०६ सक्रमित थप, ६७९ निको, १३ जनाको मृत्यु भएको तथ्यांक छ । अस्पतालमा आइसोलेसन बेड पर्याप्त नहुँदा धेरैजसो संक्रमित घरमै बस्न बाध्य छन् । प्रदेशका हाल सक्रिय ४ हजार ९०३ संक्रमितमध्ये होम आइसोलेसनमै ३ हजार ९७५ जना बसेका छन् । 

गण्डकी प्रदेशभर विभिन्न १९ अस्पतालमा आईसीयू शय्या २२३ र भेन्टिलेटर सुविधा ६२ वटा मात्र रहेको छ । कोरोना उपचारकै लागि भनी पोखराका ६ अस्पताललाई तोकिएकोमा बिरामीको दिनानुदिन चापले शय्या पाउनै मुस्किल हुँदा बिरामी अस्पताल चहार्दाचहार्दै बाटोमै मृत्यु हुने घटना पनि दोहोरिने गरेको पाइयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पताल मात्र कोभिड–१९ का बिरामीको उपचार हुन्छ । कोभिड–१९ कै बिरामीको उपचार गर्न भनी प्रदेश सरकारले तोकेको लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा भने प्राविधिक अभावमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा आइसकेको छैन । 
२ साताअघि स्याङ्जाकी धनमाया गुरुङको उपचारार्थ भेन्टिलेटर खोज्दाखोज्दै बाटोमै ज्यान गयो । उनले पोखराका ६ अस्पताल चहार्दा पनि भेन्टिलेटर पाउन सकिनन् । त्यस्तै भयो हालै पोखराका विकास शाक्यको अवस्था पनि । उनी भेन्टिलेटर नपाउँदा मृत्युको मुखमा परे । कास्कीको अन्नपूर्ण गाउँपालिकाका राजेश कार्कीले उपचारको लागि अस्पताल चहार्दै ज्यान फाले । पोखरामा अचेल यस्तो कहालिलाग्दो घटनाक्रम दोहोरिन थालेपछि उपचार सेवामाथि प्रश्नचिह्न उठ्न थालेको छ । 

यस विषयमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशवासीको लापरबाही नै कोरोना फैलिनुको मुख्य कारक मान्छन् । उनले नियमित रूपमा मास्क प्रयोग गर्न, स्यानिटाइजर लगाउन र आपसमा भौतिक दूरी कायम गर्न अटेर गर्दा सोचेभन्दा बढी संक्रमित रहेको बताए । उनले निजीमा तुलनामा सरकारी अस्पतालमा गएर निःशुल्क सेवा लिन आग्रह गर्दछन् ।

उनले कोरोना महामारीविरुद्ध शुरूदेखि नै तयारीसाथ लागेको दाबी गरे । जनशक्ति अभाव तथा पूर्वाधार निम्नस्तरको हुँदा सुधारेर लैजानु आवश्यक रहेको बताउँछन् । विगतमा संक्रमितको पीसीआर नेगेटिभ आएपछि मात्र घर पठाउने गरेको प्रदेश सरकारले सो निर्णय सच्चाउँदै अबदेखि १४ दिन आइसोलेसन बसेपछि पीसीआर नगरी घर पठाउने भएको छ । 

वैज्ञानिक महावीर पुनको प्रयासमा राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी प्रदेश सरकारलाई स्वाब संकलन गर्ने एम्बुलेन्स सहयोग गरेको छ । सो एम्बुलेन्सले वडावडामा पुगेर स्वाब संकलन गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । 

प्रदेशमा कोरोनाबाट ज्यान गुमाएका १५४ जनामध्ये कास्कीका मात्रै २८ महिला र ५२ पुरुष गरी ८० जना पुगेका छन् । मनाङ र मुस्ताङमा हालसम्म मृत्युको घटना छैन । अन्य जिल्लामध्ये पर्वतमा मात्र २ जना पुरुषको मृत्यु भएको छ । कास्कीपछि नवलपुरका ४ महिला र १५ पुरुष गरी १९ जना, तनहुँका ७ महिला र ११ पुरुष गरी १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या पनि ११ जिल्लामध्ये कास्कीमा सर्वाधिक ५ हजार ८९ जना छन् । त्यसपछि क्रमशः नवलपुरमा २ हजार २२३ र तनहुँमा १ हजार २०२ जना संक्रमित संख्या छ । सबैभन्दा कम मनाङमा ९ जना पुगेका छन् ।

प्रदेशमा कास्कीसहित मुस्ताङ, मनाङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा र नवलपुर गरी ११ जिल्ला पर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x