×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीपत्नी शाक्यले खोकना पुगेर हेरिन् पूर्णिमा नाच

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन् ।

Muktinath Bank

विक्रम संवत् २०७२ सालको भूकम्पले क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्त्वपूर्ण पूर्णिमा नाच अवलोकन गर्न श्रीमती शाक्य र मन्त्री श्रेष्ठ खोकना पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा मन्त्री श्रेष्ठले भूकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुनःनिर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताए । उनले भने, ‘रुद्रायणी मन्दिर क्षतिग्रस्त भएको विषय अत्यन्तै चिन्ताजनक छ, सरकारले यहाँको सम्पदा पुनःनिर्माण गर्न सरोकार निकायलाई तत्काल निर्देशन दिनेछौं ।’ उनले सयौं वर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबै सहयोग गर्ने वचन पनि दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्री श्रेष्ठले खोकना र बुङ्मतीको सम्पदामा कुनै समस्या नपर्ने गरी काठमाडौं तराई–मधेश दु्रतमार्ग निर्माण गरिने बताए ।  प्रधानमन्त्रीपत्नी शाक्यले रुद्रायणी मन्दिर पुनःनिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । उनले खोकनालाई कुनै असर नपर्ने गरी द्रुतमार्ग निर्माण हुने आश्वासन पनि दिए ।

Vianet communication
Laxmi Bank

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनःनिर्माण गरिने बताउँदै सातौं शताब्दीदेखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखे । ‘यस क्षेत्रको तेल मिललाई बचाउनुपर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामग्री प्रयोग गरी निर्माण गरेर संरक्षण गर्नुपर्छ,’ उनले भने । उनले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्र संरक्षण हुन नसक्ने पनि स्पष्ट गरे ।

सो अवसरमा स्थानीयबासी नेपाल डङ्गोललगायत द्रुतमार्ग पीडितले प्रधानमन्त्री र मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ललितपुुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले  पनि रुद्रायणीलगायत खोकनाका सम्पदा पुनःनिर्माण गर्न श्रीमती शाक्य र मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

मन्दिर अवलोकन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारी, नेकपा पार्टी नेता एवं पूर्व सांसद सुशीला नेपाल, नेकपा जिल्ला अध्यक्ष हरिकृष्ण महर्जन, सचिव एवं प्रदेश सदस्य राजकाजी महर्जन, जीवन खड्का, ज्ञानेन्द्र शाक्य, पार्टी प्रचार प्रमुख स्वयम्भूराज डङ्गोल लगायतको सहभागिता थियो ।

सो अवसरमा उनीहरूले देवता खलकको नाच पनि अवलोकन गर्नाका साथै देवताको पूजा गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x