×

NMB BANK
NIC ASIA

अब डोकामा बोकिनु पर्दैन कि !

मंसिर १६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

गर्भवती मात्र होइन, जोसुकै गम्भीर बिरामी भए पनि गाडीभन्दा डोको खोज्नतिर लाग्छन् शुक्लागण्डकी नगरपालिका–११ बाँसपानीका बासिन्दा ।

Muktinath Bank

गाउँमा सुविधायुक्त अस्पताल छैन, झट्ट अन्त लैजान यातायातको पनि सुविधा नभएकाले यस्तो सास्ती हुने गरेको हो । गाउँमा अस्पताल नहुँदा धेरैपल्ट स्वास्थ्योपचारमा जोखिम बेहोरेकाहरू सोमबार भने खुसी देखिए । राईपुरको बिसौनामा सुविधासम्पन्न अस्पताल निर्माण हुने भनेपछि स्थानीय दंग परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गाउँमा सुत्केरी बेथाले च्यापे डोकामा बोकेर अस्पताल लग्नुपर्छ,’ बाँसपानीकी सरस्वती भट्टराईले भनिन्, ‘यस्तो गाउँमा अस्पताल बन्ने थाहा पाउँदा को खुसी नहोला ?’ यातायात सुविधा नहुने भएकाले बिरामीलाई डोकामा बोकेर दुलेगौंडा/स्याङ्जा लैजानुपर्ने स्थानीयको बाध्यता हो । भट्टराईले भनिन्, ‘अब बिरामी अस्पताल पुर्‍याउन डोकामा बोक्नु पर्दैन कि !’


Advertisment
Nabil box
Kumari

सामान्य बिरामी भए पनि ठूलो रकम खर्चिएर स्याङ्जाको पुतलीबजार वा दुलेगौंडा हुँदै पोखरा जानुपर्ने बाध्यता अब अन्त्य हुनेमा स्थानीय विश्वस्त छन् । सोमबार अस्पताल शिलान्यास समारोहमा कोरोना संक्रमणको जोखिमलाई समेत ख्याल नगरी भेला भएका स्थानीयको भीडले पनि त्यही संकेत गर्थ्यो । घरदैलामै अस्पताल बन्ने भएपछि अब अकालमा कसैले पनि ज्यान गुमाउन नपर्नेमा विश्वस्त रहेको स्थानीय सरिता भट्टराईले बताइन् । 

Vianet communication
Laxmi Bank

‘हाम्रा दुःखपीडा हामीलाई मात्र थाहा छ, अब यहीं अस्पताल बन्छ भनेपछि निकै खुसी लागेको छ,’ उनले भनिन् ।

गण्डकी प्रदेश सांसद तथा पूर्वमन्त्री आशा कोइरालाले सोमबार राईपुरमा १५ शय्याको अस्पताल शिलान्यास गरिन् । पूर्वाधार विकासका हिसाबले पछाडि परेको राईपुरमा संघीय सरकारको लगानीमा अस्पताल निर्माण सुरु हुँदा खुसी लागेको उनको भनाइ थियो । अस्पताल निर्माणका लागि संघीय सरकारले १८ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

जिल्लामा सोमबार एकैसाथ ६ अस्पतालको शिलान्यास गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । हाल जिल्लाको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल र व्यास नगरपालिकास्थित दमौली अस्पतालले जिल्लाभित्रका बिरामीलाई सेवा दिँदै आएको छ । सरकारी अस्पताल भए पनि सेवा प्रवाहमा ढिलाइ हुने र अस्पतालमा आवश्यक औषधि नपाइने व्यास–२ की रेखा थापाले बताइन् ।

‘सरकारले निःशुल्क उपलब्ध गराउन भनेका औषधिहरू नै अस्पतालमा पाइँदैन । बिमा गरिएका बिरामीले निःशुल्क पाउने औषधि पनि छैन,’ उनले भनिन्, ‘मेडिकलमा गएर औषधि किन्नुपर्छ । अब गाउँमै अस्पताल सञ्चालन हुन लागेको छ, फेरि यस्तो समस्या नआओस् ।’ कान्तिपुर दैनिकमा सम्झना रसाइलीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x